Loading... आजः मङ्लबार, असार २३, २०७७

गलत रिपाेर्ट दिएकाे भन्दै अस्पताल र डाक्टरहरु बिरुद्ध नाराबाजी (भिडियाे सहित)

जाजरकाेट । जेठ १० गते पस्चिम रुकुमको सोती गाउँमा निर्ममतापुर्वक हत्या गरिएका ६ जना युवाहरुका पिडित परिवार र अन्य सर्वसाधारणमाथि प्रहरीले चर्को दमन गरेको छ । ५ जना जाजरकोटी र १ जना रुकुमेली युवाको निर्ममतापुर्वक हत्या भएको भएपनि डाक्टरहरुले पोस्ट मार्टम रिपोर्ट डुवेर मरेको भनेर दिएको भन्दै आक्रोसित भएर जाजरकोट अस्पताल पुगेका पिडित र अन्य सर्वसाधारणहरुमाथि प्रहरीले ५ राउन्ड हवाइ फायर, लाठी र ढुंगा प्रहार गरेको छ ।

प्रहरीको ढुंगा र लाठीको प्रहारबाट चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक महेश आचार्यको नेतृत्वमा गएको प्रहरी टोलीले पिडितहरुको प्रदर्शन माथि दमन गरेको हो । प्रहरी दमनमा सोती घटनामा मारिएका गणेश बुढाका बुवा पदम बुढा, आमा राधिका बुढा, स्थानीय हजारी नेपाली र रिजन चन्द घाइते भएका छन् । उनीहरुको टाउको, छाती, हात र खुट्टामा  चोट लागेको छ । माथिको आदेश छ भन्दै प्रहरीले पिडितहरु माथि लाठी र ढुंगा प्रहार संगै हवाइ फायर गरेका थिए ।

गैरीखालीबाट जुलुस लिएर हिडेका घटनाका पिडित र सर्वसाधारणहरु थाप्लेचौर स्थित जाजरकोट अस्पतालमा प्रवेश गर्न थालेपछि झडप भएको थियो । प्रदर्शनकारी रोक्न प्रहरीले बन्द गरेको अस्पतालको गेटमा उनीहरुले ढुंगा प्रहार गरेका थिए ।

प्रदर्शनकारीले गेट खोलेर भित्र प्रवेश गर्नै लाग्दा प्रहरीले लाठी चार्ज गरेको थियो ।आफुहरुको पिडामाथि पिडा दिने गरि प्रहरीले दमन गरेको सोती घटनामा मारिएका नवराज विकका बुवा मोहनलाल विकले बताए । उनले यत्रो दुनियाले हत्या भएको देख्दा देख्दै डुबेर मरेको भनेर लेख्ने डाक्टर र न्याय माग्दा गोली र लाठी प्रहार गर्ने पुलिसको शैली मानवता बिरोधी भएको बताए ।

प्रदर्शनकारीको ढुंगा लागेर जाजरकोट अस्पतालका विभिन्न भवनका सिसाहरु फुटेका छन् भने दुइ जना प्रहरी घाइते भएका छन् । भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका युवा नवराज विककी प्रेमिकालाइ वेहुलीको रुपमा लिनका लागि सोती पुगेका १८ युवा मध्य गाउँलेहरुको सामुहिक आक्रमणवाट मृत्यु भएका ६ जना युवाहरुका आफन्तले राजनैतिक चलखेल र पैसाको लोभमा पोस्ट मार्टम रिपोर्ट पिडकको पक्षमा आएर आफुहरुको न्याय खोसिएको भन्दै तिब्र आक्रोस पोखेका छन् ।

पिडितहरुले जाजरकोट अस्पतालका डाक्टरहरु विरुद्ध चर्काे नारावाजी समेत गरेका छन् । ६ जना होनाहार युवाहरुलाइ वर्वरतापुर्वक हत्या गरिएको भएपनि आफुहरुको न्याय खोस्न जाजरकोटका डाक्टरहरुले दिएको पोस्ट मार्टम रिपोर्ट जघन्य अपराधको पक्षमा रहेको सोहि घटनामा मारिएका गणेश बुढाका दाइ भरत वुढा मागरले बताए । उनले आफुहरुले न्याय माग्दा प्रहरीले गोली हान्छ भने पनि आफुहरु पछि नहट्ने बताए । वर्वरतापुर्वक गरिएको हत्यालाइ समेत सामान्य भनेर रिपोर्ट दिने डाक्टरहरु र सो रिपोर्ट लेख्न दबाव दिनेहरुले लोकतन्त्र र विधिको शासनको उपहास गरेको उनले बताए । पिडितहरुको आक्रोसमा दमन गर्ने प्रहरीले सोतीमा वर्वरतापुर्वक ६ जना युवाहरुको हत्या गर्दा किन जोगाउन सकेनरु उनले प्रश्न गरे ।

पिडितहरु माथि गोली र लाठी वर्षाउन आदेश दिएका भन्दै प्रदर्शनकारीहरुले जाजरकोटका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुका विरुद्ध पनि चर्को नारा लगाएका छन् । न्याय मागि रहेका जनता माथि चरम दमन गर्न आदेश दिने प्रहरीका हाकिम र कर्मचारीका हाकिम तथा वर्वरतापुर्ण हत्यालाइ समेत समान्य घटनाको संज्ञा दिने डाक्टरहरु मानवता हराएका प्राणी जस्तै भएको संघर्ष समितिका संयोजक नगेरन्द्र शाहले बताए । उनले जनताको न्यायको लागि बाेल्न नसक्ने र पिडितको घाउमा मलम लगाउन नसक्ने कोहि पनि कर्मचारी र डाक्टरहरुलाइ जाजरकोटमा बस्ने अधिकार नभएको भन्दै चर्को आक्रोस पोखे ।

यस्तै संघर्ष समितिका उपसंयोजक छवि पन्तले सोती घटनाका पिडितहरुको न्यायलाइ षडयन्त्र पुर्वक खोस्न लागिएको भन्दै यसका विरुद्ध आम मानवता र न्यायका पक्षधर जनताले आवाज वुलन्द गर्नु पर्ने वताए । उनले जनताका प्रतिनिधिहरुले पिडितको पक्षमा नवोले चर्को मुल्य चुकाउनु पर्ने समेत चेतावनी दिए । दुनियाले देखेको हत्या समेतलाइ सामान्य घटना हो भनेर लेख्ने डाक्टरहरु पैसामा विकेको या राजनैतिक दवावमा परेको उनले आरोप लगाए । सोती घटनाको छानवीन गर्न प्रतिनिधि सभामा गठन भएको संसदीय छानवीन समितिको टोली जाजरकोट पुगेकै वेला पिडित र सर्वसाधारणहरुले आन्दोलन कडा बनाएका छन् ।

सोमवार मृतकका आफन्त र सर्वसाधारणहरुले खलंगाको गैरीखाली ठाँटी र थाप्लेचौरमा दिनभर चर्का नारा सहित प्रदर्शन जारी राखे । पिडितहरुको भावनालाइ उचित सम्वोधन गर्ने तथा न्याय प्राप्तिको लागि विस्वस्त वनाउने कुनै पहल नभएपछि उनीहरुमा आक्रोस वढ्दै गएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताए । उनले पिडितहरुमा डरलाग्दो ढंगले वदलाको भावना समेत उब्जिन थालेको यस तर्फ सरोकारवालाहरुले बेलैमा वुद्धि पुर्याउनु पर्ने बताए ।

भिडियाे


ताजा समाचार