Loading... आजः बिहिबार, असार १८, २०७७

सुर्खेत गुर्भाकोटको क्वारेन्टाइन्मा एकजनाको मृत्यु

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका ७ को क्वरेण्टीनमा बसेका एक जनाको मृत्यु भएको छ ।

१३ दिनअघि भारतको गढवालबाट फर्किनुभएका गुर्भाकोट नगरपालिका ८ का ५० वर्षीय पुरुषको ज्यान गएको मेयर हस्त पुनले जानकारी दिनुभयो ।

एक्कासी छाती दुख्यो भनेर पल्टिएपछि पुरुषको ज्यान गएको मेयर पुनले बताउनुभयो । मृतकको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको पुनले जानकारी दिनुभयो ।

मृतक पुरुष पहिलेदेखि नै क्षयरोगीको बिरामी रहेको खुलेको छ ।


ताजा समाचार