Loading... आजः मङ्लबार, असार २३, २०७७

नयाँ नक्सा अनुमोदनको खुसीमा जाजरकाेटमा दीप प्रज्ज्वलन

जाजरकाेट । लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा जाजरकाेटका विभिन्न ठाँउमा युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

शनिबार भेरी नगरपालिका ३ ठाँटी बजारमा युवा स‌ंगठन नेपाल, भेरी नगर कमिटिकाे आयाेजनामा दीप प्रज्ज्वलन गरिएकाे हाे ।

त्यस्तै भेरी नगरपालिकाकै जगतिपुरमा पनि स्थानिय युवाहरुले संविधान संशोधन भएकाे खुसीमा दीप प्रज्ज्वलन गरेका हुन ।

राष्ट्रिय झण्डासहित जम्मा भएका युवाहरुले नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका हुन् ।


ताजा समाचार