Loading... आजः बिहिबार, असार १८, २०७७

माईती गाँउको विद्यालयलाई चन्द्राको आर्थीक सहयोग


जाजरकोट : सदरमुकाम खलंगा स्थित भेरी प्राथमिक विद्यालयलाई पोखरा निवासी चन्द्रा घर्तीमगरले आर्थिक सहयोग गर्नुभएको छ ।

भेरी नगरपालिका –६ भेरे माईतीघर भई हाल पोखरा निवासी चन्द्राले ९० हजार रुपैँया सहयोग गर्नु भएको हो । आफ्नो माइती ठाउँको विद्यालयको छाना मर्मतको लागि आफ्ना वुवा नरबहादुर घर्ती मार्फत उक्त रकम नगरप्रमुख चन्द्र प्रकाश घर्तीले विद्यालयका प्रधानाध्यापक ललितराज भण्डारीलाई हस्तान्त्रण गर्नु भएको हो ।

भेरी नगरपालिका वडा नम्बर –४, का वडाध्यक्ष खम्बजंग शाहले फेसबुक मार्फत विद्यालयको जिर्ण भवन आर्थिक अभावले मर्मत गर्न नसकि भत्किने अवस्थामा पुगेकोले सहयो गर्न आग्रह गर्नु भएको थियो ।

वडाध्यक्ष शाहको फेसबुक स्टाटस पढेपछि श्रीमान मीन जी सँग सल्लाह गरेर आफ्नो माईती गाँउको विद्यालयलाई सहयोग गरेको चन्द्राले बताउनु भयो ।

योसंगै आफु सानोमा पढेको वडा नं.–६ को विद्यालयमा अक्षयकोष स्थापना गर्र्ने योजना रहेको समेत चन्द्राले जानकारी गराउनु भएको छ ।

हस्तान्त्रण कार्यक्रममा नगरप्रमुख चन्द्र प्रकाश घर्तीले विद्यालय जस्तो पवित्र स्थानमा सहयोग गर्ने चन्द्रा र उहाँका श्रीमानलाई कृतज्ञता प्रकट गदै धन्यवाद दिनु भयो । वडाध्यक्ष शाहले पनि दाताहरुलाई धन्यवाद दिदै धन भएर पनि मन नहुनेहरुका लागी उहाँहरुको सहयोग उदाहरणीय बताउनु भयो ।


ताजा समाचार