Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

लकडाउनमा महिला हिंसा बढ्यो

काठमाण्डाै । कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीका क्रममा घरेलु हिंसा, महिला हिंसा बढेका पाइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आज संसद बैठकमा बताउनुभएको हो । प्रतिनिधिसभामा मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले महिला हिंसाका घटना बन्दाबन्दीका क्रममा मात्रै नभएका बताउनुभयो । त्यस्ता घटनामा न्यूनिकरण ल्याउनका लागि मन्त्रालयले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको उहाँले बताउनुभयो ।

महिला हिंसा र घरेलु हिंसाका घटनाबारे मन्त्रालय र सरकारी नियकालाई सूचना प्राप्त नभएको हुनसक्ने र त्यस्ता घटनाबारे सूचना दिन पनि मन्त्री गुरुङले सवैलाई आग्रह गर्नुभयो । कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तको बलात्कार र हत्याबारे मन्त्रालयले के गरेको छ भन्ने प्रश्नको जवाफ दिन भने मन्त्री गुरुङले अस्विकार गर्नुभएको छ । उहाँले उक्त प्रश्न संसदमा जहिले पनि उठिरहने र त्यसको जवाफ दिन आफू रोष्ट्रममा नउभिएको बताउनुभयो ।

निर्मला पन्तमाथि भएको घटना अरुमाथि नहोस् भन्नका लागि मन्त्रालय र सरकारले कानुन बनाइरहेको मन्त्री गुरुङको भनाइ थियो । अन्य मन्त्रीहरुले पनि आ आफ्नो मन्त्रालयका बिषयमा उठेको प्रश्नको जवाफ दिइरहेका छन् । सबै मन्त्रालयको जवाफ सकेर आजै आउँदो बर्षको बजेट पारित गर्ने तयारी छ ।


ताजा समाचार