Loading... आजः बिहिबार, असार १८, २०७७

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

काठमाण्डाै । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा आज थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको जानकारी दिनुभयो । नेपालमा हालसम्म ४ सय ८८ जना उपचारपछि निको भएका छन् ।

आज थप २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो पटक बाँकेको खजुरास्थित कोभिड अस्तपालबाट २० जना संक्रमणमुक्त भएका छन् भने कोभिडि युनिफाइड अस्पतालबाट एक जना निको भएर फर फर्किएका हुन् । बाँकेबाट डिस्चार्ज हुने सबै नरैनापुर बाँकेका हुन् ।

हालसम्म १४ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ ।


ताजा समाचार