Loading... आजः बिहिबार, असार १८, २०७७

साेती घटनाका बेपत्ताकाे गोताखोरबाट खोजी सुरु

जाजरकोट , रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँ घटनामा बेपत्ताहरुकाे गाेताखाेर बाट खाेजी सुरु भएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले अाज विहानदेखि भेरी नदीमा खोजी कार्य सुरु गरेको हाे ।

सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शम्सेरगञ्जका गोताखोर प्राविधिक टोलीले खाेजि सुरु गरेको शस्त्र प्रहरी गुल्मा जाजरकोटका डिएसपी यज्ञ बस्नेतले जानकारी दिए ।
सशस्त्र प्रहरी गुल्म जाजरकोटका डिएसपी यज्ञ बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरी रुकुम पश्चिमबाट समेत टोली परिचालित भएको छ  ।


घटनामा जाजरकोट जिल्ला भेरी नपा–११ का तीन जना क्रमशः १८ वर्षीय लोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही र २१ वर्षीय सञ्जु बिक भेरी नदीमा बेपत्ता भएको आशंकामा खोजी कार्य सुरु गरिएको छ ।


ताजा समाचार