Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

नवराजका बुवाले रुदै भने “मेरो आँशु र छोराको लासमा राजनीति नहोस”


जाजरकोट । मल्ल थरकी प्रेमिकालाइ भगाएर वेहुली वनाउन साथीहरुसंगै केटीको घर गएका भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका नवराज विकको विभत्स ढंगले हत्या भएपछि उनका वुवा मोहनलाल विकले छोराको हत्यामा संलग्न जो सुकै भएपनि हदै सम्मको कारवाहि गर्न माग गरेका छन् ।

जातीय विभेदकै कारणले प्रेमिकालाइ वेहुली वनाउन गएको छोरा नवराजको वर्वर ढंगले हत्या भएको भन्दै कुनै पनि हालतमा दोषीलाइ उम्किन नदिन उनले सरकार र स्थानीय प्रशासन संग अनुरोध गरेका छन् ।

घटनावारे वुज्न आफनो घरमा जम्मा भएका पत्रकारहरु संग कुरा गर्दे नवराजका वुवा मोहनलालले आफनो आँसु र छोराको लासमा राजनीति नगर्न सवैलाइ आग्रह गरेका छन् । मेरो आँसु र छोराको लासमा राजनीति नहोस् मोहनलालले रुदै भने ।

यो देशमा अपराधी जोगाउन सत्ता र शक्तिको प्रयोग गरिन्छ तर म गरिवको आँसु र लासमाथि त्यस्तो नगरियोस उनले दुइ हात जोड्दै भने । चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती वस्ने नवराजकी प्रेमिकालाइ वेहुलीको रुपमा लिन गएका वेला अन्य साथीहरुसंगै गाउँलेको लखेटाइ र आक्रमणमा परि मृत्यु भएका छोराको हत्यारालाइ पत्ता लगाइ आफुलाइ न्याय दिलाउने काममा सहयोग गर्न पनि उनले सवैलाइ आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस : 

म सवै नेता पत्रकार र सरकारलाइ अनुरोध गर्छु यो देशमा सरकार छ र कानुन छ भने मेरो छोरा सहित मृत्यु भएका सवैलाइ न्याय मिल्ने छ उनले भने । जातीय विभेद र दण्डहिनताका कारण मेरो एउटा मात्र छोरो नवराज र अन्य कलिला युवाहरुको निकै वर्वर ढंगले हत्या भएको छ यस्तो अवस्थामा पनि अपराधीलाइ जोगाउने राजनीति गरिए यो देशमा गणतन्त्र आएको कुनै अर्थ नहुने र मृतकको आत्मा र गरिवहरुका आँसुले पोल्ने मोहनलालले वताए । घरमा सहानुभुति राख्न गएका सवैलाइ मोहनलाल र उनकी श्रीमति उर्मिलाले हात जोडेर आफुलाइ न्याय दिलाइ दिन आग्रह गर्ने गरेका छन् ।

घटनावारे तोडमोड गर्ने र पिडितलाइ अन्याय हुने गरि कुनै गतिविधि हुन्छ कि भनेर आफुहरुलाइ चिन्ताले सताउने गरेको नवराजकी आमा उर्मिलाले वताइन् । देशमा भएका ठुला ठुला हत्या र अपराधका घटनामा पावर लगाएर मान्छेहरु छुट्ने गरेकाले हाम्रो छोराको हत्याको घटनामा पनि यस्तै हुन्छ कि उर्मिलाले प्रश्न गरिन् ।

आफुसंग धन पैसा पावर केहि नभएकोले यस्तो अवस्थामा आफुहरुले न्याय पाउने कुरामा शंका लाग्ने गरेको वताइन् । सोती घटनामा मृत्यु भएका सवैलाइ राज्य र राज्यका निकायले कुनै पनि मुल्य चुकाएर भएपनि न्याय दिनै पर्ने सरोकारवालाहरुको माग छ । यो घटना नेपालको लोकतन्त्र र कानुन माथिको ठाडो आक्रमण भएकोले दोषीलाइ उम्काउने या वचाउने खेलमा कसैको पनि भुमिका स्वीकार्य नहुने सत्तारुढ नेकपाको कर्णाली प्रदे समिति सदस्य पार्वती विकले वताइन् ।

उनले पिडितहरुले न्याय नपाए सम्म यो देशमा विधिको शासन र लोकतन्त्र भएको स्वीकार गर्न नसकिने वताइन् । जिल्ला प्रहरी कार्यालय पस्चिम रुकुमका डिएसपी ठगवहादुर केसीले घटनाका दोषीहरुलाइ कारवाहि गराउने काममा आफुहरु निकै मेहनतका साथ लागि परेकोले प्रहरीलाइ सवैले सहयोग गर्नु पर्ने वताए । यो घटना समान्य नभए असामान्य भएकोले पिडितको पक्षमा न्याय हुने गरि आफुहरुले दोषीहरुको खोजी गर्ने, पक्राृृृउ गर्ने र अनुसन्धान गर्ने काम गरिरहेको वताए । घटनामा जातीय विभेदको चरम दृस्य देखिएको भन्दै विभिन्न अधिकारवादी संघसस्थाहरु, व्यक्ति र राजनैतिक दलहरुले सोती घटनाको सत्यतथ्य छानवीन र दोषीलाइ कडा कारवाहि हुनु पर्ने माग व्यापक रुपमा उठाइरहेका छन् ।

कुशेमालिका अनलाइनबाट


ताजा समाचार