Loading... आजः मङ्लबार, असार २३, २०७७

युवा संघ जाजरकोटका सयोजक शाही पदबाट बर्खास्त

Image may contain: DN Shahi

जाजरकोट , सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवासङ्घ नेपाल जाजरकोटका निलम्बनमा परेका संयोजक दिपेन्द्र शाही पद बाट बर्खास्त भएका छन । नेकपाका युवासङ्घ नेपाल केन्द्रीय कार्यालयले एक बिज्ञेप्ती सार्वजनिक गर्दै जिल्ला संयोजक दिपेन्द्र शाही पार्टी सदस्य समेत नरहने गरी बर्खास्त गरेको हो ।

जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण गरेका शाही लाइ गत बैशाख २३ मंगलवार केन्द्रीय समितिले निलम्बन गरेको थियो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि गत बैशाख १३ गते शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको थियो ।

साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई  शाहीको समूहले आक्रमण गरेको थियो । शाही र उनका भाइहरुको समूहले नगरप्रमुख घर्तीमाथि ढुङ्गा र मुक्का प्रहार गरेर आक्रमण गरेका थिए ।

घटना लगतै राष्टिय युवा संघ जाजरकोटका इन्चार्ज विश्व बिक्रम शाह र भेरी नगरपालिका संयोजक लोकेन्द्र चन्दले सयूक्त विज्ञप्ति निकाल्दै दोषीमाथि बर्खास्त सहित कारवाहीको माग गर्दै युवासङ्घ केन्द्रीय समितिलाई माग गरेका थिए ।

 

संघले सत्य तथ्य छानबिनको लागी ५ सदसीय समिति गठन गरेको थियो । समितिको प्रतिबेदन अनुसार शाही लाइ एक बिज्ञेप्ती जारी गर्दै सोमबार संघको केन्द्रीय कार्य समितिले बखास्त गरेको छ । उता बखास्त परेका दिपेन्द्र शाहीले स्पष्टीकरण बुझाउदा समेत संघले बखास्त गरेको बताए । नगर प्रमुख घर्ती माथी हातपात गर्ने शाही जिल्ला प्रहरी कार्यालय जाजरकोटको थुनामा रहेका छन ।


ताजा समाचार