Loading... आजः मङ्लबार, असार २३, २०७७

नेपालमा थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं : शुक्रबार थप १९ जनामा संक्रमण पुष्टि संगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप १९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय सात पुगेकोे हो।

सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो । ७० जना भने डिस्चार्ज भएका छन् । संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन् । तीन जनाको भने मृत्यु भइसकेको छ ।


ताजा समाचार