Loading... आजः सोमवार, असार १३, २०७९

सरकारको ऐतिहासिक कार्य : लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा सार्वजनिक


काठमाडौं : सरकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गरेको छ । नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेकी हुन ।

गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरे पछि मन्त्री अर्यालले सार्वजनिक गरेकाी हुन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि माथि कसैले हस्तक्षेप गर्न नपाउने र भारतसँग कूटनीतिक तबरबाट छलफलबाट भूमि फिर्ता गर्ने बताएका थिए ।

नेपालको नयाँ नक्सा सार्वजनिक गर्नु युगकै सर्वाधिक स्मरणीय क्षण भएको अर्यालले बताएकी छन् । ‘नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्ने यो सुनौलो अवसर यो युगको सर्वाधिक स्मरणीय क्षणका रुपमा मैले लिएको छु’, नक्सा सार्वजनिक गरेपछि सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन् ।

भारतियहरूले नेपालले नक्सा स्वीकृत गरिसकेपछि यसको चौतर्फी विरोध गरिरहेका छन् । नेपाल निर्माणको २५० वर्षमा धेरै अबरोह झेलेको बताउँदै उनले जस्तोसुकै अवरोध भए पनि नझुक्ने बताइन् । सिमाना स्पष्ट देखिने नक्सा सार्वजनिक गरेको उनको भनाइ छ ।

भारतसँग वार्ता र कूटनीतिक वार्ता गरिने उनले बताइन् । उनले भारतले पनि यसलाइ स्वीकार्ने विश्वास गरिन । अन्तराष्ट्रिय मापदण्ड र कानुनबमोजिम नयाँ नक्सा बनेको दाबी गरिन् । अब सबै ठाउँमा नयाँ नक्सा प्रयो गर्न उनले निर्देशन पनि दिइन् ।

नेपालको कुल क्षेत्रफलमा ३ सय १० बर्ग किलोमिटर छुटाइदै आएकोमा सो समेत समावेश गरी १ लाख ४७ हजार ४ सय ९१ बर्ग किलोमिटर भएको छ । वि सं २०३२ सालमा भएको नक्सा संसोधन गर्दा सो क्षेत्र नक्सामा छुटाइए पछि अन्यौल उत्पन्न भएको थियो ।

पछिल्लो कालखण्डमा सो जमिन भारतले दावी गरेर विवाद भएपछि नेपालले अग्रसरता लिएर नेपालको मानचित्र संसोधन गरेको हो । यो क्षेत्र नेपालको दार्चुला जिल्ला अन्तर्गत पर्छ।


ताजा समाचार