Loading... आजः बुधबार, असार ९, २०७८

बाँकेमा आज ४७ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमित अधिकांश भारतबाट फर्किएका

बाँके : बाँकेमा आज थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

१९२ जनाको परीक्षण गर्दा ४७ जनाको पोजिटिभ आएको हो । संक्रमित मध्ये ४६ पुरुष १ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनीहरु अधिकांश भारतबाट फर्किएका हुन् ।

यो सँगै संक्रमितको संख्या ३५७ पुगेको छ ।


ताजा समाचार