Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

प्रतिपक्षलाई विष्णुु पौडेलको जवाफ : ‘सपनानै नदेख्नेले नेतृत्व गर्न सक्दैन’


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद विष्णु पौडेलले सपना नदेखी तस्बिर बनाउन नसकिने हुनाले सरकारका नीति तथा कार्यक्रम निकै राम्रो रहेको दावी गरेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सपना देखाउने प्रयास भन्दै प्रतिपक्षीहरुले आलोचना गरिहँदा पौडेलले संसदमा यसको प्रत्युत्तर दिएका हुन् । यो नीति तथा कार्यक्रम निर्वाचनका बेला पाँच वर्षका लागि जनतासमक्ष गरिएको प्रतिबद्धताको चरणबद्ध कार्यान्वयनको संकल्प बोकेर आएको छ.’ उनले भने, ’सदनमा सपनाको प्रसंग पनि उठेको छ, सपना नदेखी तस्बिर बनाउन सकिन्न ।

सपनासम्म पनि देख्न नसक्नुले विकास निर्माण या समृद्धिको अभियानलाई नेतृत्व गर्न पनि सक्दैन। त्यसर्थ नेतृत्व स्वप्नदर्शी हुनैपर्छ, हो सपना कार्यान्वयन गर्न सकिने हुनैपर्छ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरोनाले श्रृजना गरेको चुनौतीको सामना गर्ने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने सपना र संकल्पका साथ आएको पौडेलले दावी गरेका छन् ।


ताजा समाचार