Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जाजरकोटमा पनि भण्डारीको २७ औँ स्मृति दिवस


जाजरकोट,३ जेठ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज (शनिबार) मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटले भण्डारीको सम्झनामा स्मृति दिवस मनाएको हाे। शनिवार नेपाल कम्युनिष्ट पार्टी नेकपा जाजरकाेटले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएको मदन भण्डारी फाउन्डेसन जाजरकाेटका सचिव नवराज सिंहले जानकारी दिए  ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सदस्य कौशिला वती खत्रीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको उनकाे भनाइ  छ । कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले  औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन ।  समान दुरी कायम गरी स्मृति दिवस मनाएको मदन भण्डारी फाउन्डेसन जाजरकोटका सचिव सिंहकाे भनाइ छ । कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य तथा भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती,नेकपा भेरी नगर कमिटिका अध्यक्ष मुकुन्द शर्मा लगाएतका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

२०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो । रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन । दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो ।

भण्डारी र आश्रीतको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरी जाजरकोटमा पनि समृति दिवस मनाउने गरिन्छ । साथै दुई वर्षअघि आजैका दिन तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी समेत गठन भएको थियो ।


ताजा समाचार