Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

बारेकोटमा अष्ट्रेलिया बस्ने छोराले पठाएको राहत बाँड्दै (नेकपा) का नेता सिंह


जाजरकोट : कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका बारेकोटका विपन्न परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डम्बरबहादुर सिंहले राहत वितरण गरेका छन् । दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बारेकोटका विपन्न परिवारलाई नेता सिंहले राहत वितरण गरेका हुन् ।

अध्ययनको शिलशिलामा अष्ट्रेलिया बस्ने आफ्ना छोराले पठाएको राहत बारेकोटका २ सय २५ जना विपन्न परिवारलाई वितरण गरेको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश कमिटीका सदस्य समेत रहेका सिहका दुई छोरा रमेश सिंह र गणेश सिंहले पठाएको रकमले राहत सहयोग गरेका हुन् ।

उनका दुई छोरा सहित विजय सापकोटा, प्रमेबहादुर सिंहको समेत आर्थीक सहयोगमा बारेकोट गाउँपालिकामा रहेका २ सय २५ विपन्न परिवारलाई एक बोरा चामल र २ पोका नुन वितरण गरिएको नेकपा का गाउँ कमिटि सचिव भक्तबहादुर बष्नेतले बताए ।

समस्यामा परेका बारेकोटका सवै वडाका विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरिएको नेता सिंहले जानकारी दिनु भयो ।

नेता सिंहको समन्वयमा राहत सहयोग पाएपछि विपन्न परिवाले खुसी व्यक्त गरेका छन् । अष्ट्रेलिया बस्ने सिंहका दुवैजना छोरा सहित सहयोग गर्ने साप्कोटा र सिहलाई उनिहरुले धन्यवाद दिएका छन् ।

राहत वितरमा बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही र समाजसेवी बौद्धिक व्यक्तित्व गोरख सिंहको समेत उपस्थिति रहेको थियो ।

यसैगरी राहत वितरण कार्यक्रममा उपस्थित भएका उनिहरुको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिको स्वास्थ्य शाखाका कर्मचारी डम्बरबहादुर कार्कीले जानकारी दिए ।

भिडियो हेर्नुहोस : 


ताजा समाचार