Loading... आजः बुधबार, असार ९, २०७८

वडाध्यक्षका भाइको कुटाइबाट एक युवा गम्भिर घाइते

जाजरकोट : कुशे गाउँपालिका वडा नम्बर–६, का दुई युवाको कुटपिटबाट एक जना गम्भिर घाइते भएका छन् । उक्त वडाको सिमलगाउँका २१ बर्षिय शन्तोस शाही र १९ बर्षिय बिजुले शाहीको कुटाईबाट भेरी नगरपालिका वडा नम्बर–६ का नविन घर्ती गम्भिर घाइते भएका हुन् ।

खलंगाबाट गाडिमा खाद्य सामग्री लिएर गएका ३१ बर्षिय घर्तीलाई वडा नम्बर ५ को साँदीवीसाउनामा उनिहरुले कुटपिट गरी घाइते बनाएका थिए । कुटाइबाट घर्तीको टाउकोमा गम्भिर चोट लागेको छ भने एउटा कान छुट्टिएको छ ।

उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि कोहोपुर मेडीकल कलेजमा रिफर गरिएको छ । उनको शरिरबाट धेरै रगत बगेको छ ।

कुटपिट गर्ने दुवैजना कुशे गाउँपालिका वडा नम्बर ६, का अध्यक्ष अमर शाहीका भाईहरु रहेको बताइएको छ ।

भिडियो हेर्नुहोस : 


ताजा समाचार