Loading... आजः बुधबार, असार ९, २०७८

छेडागाड नगरपालिकामा घरमै बालबालिका पढाउन गृह शिक्षक

जाजरकोट : छेडागाड नगरपालिकामा गृह शिक्षकको व्यवस्थागरी घर–घरमै पढाई सुरु गरिएको छ । कोराना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न गरिएको बन्दाबन्दीले शैक्षिक गतिविधि ठप्प भएपछि गृह शिक्षकको व्यवस्थागरी घर–घरमै पढाइ सुरु गरिएको हो ।

लकडाउनको समयमा प्रारम्भिक तहका बालबालिकाहरुलाई जिबनोपयोगी सिप तथा शिक्षा सिकाउन, पढाइलाई अविस्मरणीय बनाउन र शिक्षालाई निरन्तरता दिन गृह शिक्षाकद्वारा नगरका घर–घरमै पढाई शुरु गरिएको छ । २० प्रकारका सिकाई सम्वन्धीका खेलहरु भएको ब्रोसरका माध्यामबाट पढाई सञ्चालन लागि अघि सारिएको गृह–शिक्षक अवधारणले कारोना प्रभाव अवधिमा प्रभावकारी हुने वडा नम्बर ३ का वडाअध्यक्ष धनबहादुर थापाले बताए ।

गृह–शिक्षकबाट घर–घरमै भएको पढाईले प्रारम्भिक तहका बालबालिकाको मात्रै नभएर आफ्नो दिनचर्या पनि परिवर्तन भएको कक्षा ५ मा अध्ययनरत वडानम्बर ११ का सरोज बस्नेतले बताए । स्कुल विदा भएदेखि किताब हेरेको थिइन सरोजले भने–‘घरमा गृह शिक्षकद्धारा पढाउन थालेपछि विहानै उठने, सरसफाई गरेर दैनिक नियमित रुपमा पढन थालेको छु ।’

छेडागाड नगरपालिका–३, ५, ८, ११ र १२ नम्बर वडामा पढाई निर्देशिका तयारगरी गृह–शिक्षकद्धारा नियमित रुपमा बालबालिकाहरुको पठनपाठन शुरु गरीएको छ । नमुना पढाई कक्षाको रुपमा शुरु गरिएको कक्षामा हालसम्म ५६ घरका १ सय ७५ जना बालविकास केन्द्र जाने उमेर समुहका बालबालिका तथा प्रारम्भिक कक्षाका बिद्यार्थीहरु लाभान्वित भएको सेभ द चिल्डेन काकार्यक्रम संयोजक चेतराज पाध्यायले जानकारी दिए ।

आफुलाई अप्ठेरो लागेको विषयमा गृह–शिक्षकले सम्वन्धित टोल शिक्षकहरूसँग फोनबाट बालबालिकाहरूको पठनपाठन सम्बन्धि जानकारी लिनुको साथै आवश्यक परामर्श दिने गरेको गृह–शिक्षक प्रेमबहादर वरले बताए । विद्यालयमा पढेका कुरा पुनः स्मरण गराउने र बालबालिकालाई जोखिमवाट बचाउन घर–घरमै गरिएको पढाई कक्षा संचालन निक्कै प्रभावकारी हुनुको साथै बालबालिकाहरुमा नियमित पढने बानीको बिकास भएको गृह–शिक्षक वरको भनाई रहेको छ । डिजिटल संचारबाट :

प्रत्येक घरमा पढाइ कुना निर्माण गर्नुले बालबालिकाहरुलाई आफुले पढ्ने पुस्तकहरु, पत्रपत्रिका, दैनिक कार्यतालिका एवं दैनिक पात्रो राख्न सजिलो भएको छ । घर–घरमा छनौट गरिएका गृह–शिक्षकहरुले बालबालिकाको पढाई कुनामै गएर बालबालिकाहरूको पठनपाठनमा सहयोग गर्ने गरेको काकार्यक्रम संयोजक पाध्यायको भनाई रहेको छ ।

गृह–कक्षा तथा गृह–शिक्षक कार्यक्रम कार्यान्वयन नगरपालिकासँगको समन्वयमा पाँचतारा यूवा संरक्षक मञ्च, जाजरकोटको साँझेदारीमा सेभ द चिल्डेनको आर्थिक तथा प्रविधिक सहयोग रहेको छ ।


ताजा समाचार