Loading... आजः मङ्लबार, असार २३, २०७७

बहादुर भेनेजुएला : अमेरिकी सैनिकहरुमाथि आतंकवादी अभियोग

भेनेजुएला । भेनेजुएलाले दुई अमेरिकी पूर्व सैनिकलाई आतंकवाद र षड्यन्त्र गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।

राष्ट्रपति निकोलस मदुरोलाई हटाउने षड्यन्त्रमा सहभागी भएको र आतंकवादी गतिविधिमा संलग्न भएको भन्दै दुई पूर्व सिपाही भेनेजुएलामा पक्राउ परेका थिए । लुक अलेक्जेन्डर डेनम्यान र अरियन बेरीलाई अन्य ३१ ज्नासँगै भेनेजुएलाको सेनाले पक्राउ गरेको हो ।

सरकारका एक उच्च अधिकारी तारेक विलियम साबका अनुसार उनीहरुमाथि आतंकवाद, षड्यन्त्र, हतियार तस्करी जस्ता गतिविधिमा संलग्न भएको अभियोग छ । भेनेजुएलाको कानुन अनुसार उनीहरु २५ देखि ३० वर्षसम्म जेल बस्नुपर्ने हुनसक्ने बताइएको छ ।

भेनेजुएला सरकारले अमेरिकी पूर्व जनरल जोर्डन गोद्रोका लागि पनि अन्तर्राष्ट्रिय पक्राउ पूर्जीका लागि आग्रह गरेको छ । भेनेजुएलाका राष्ट्रपति मादुरोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेनेजुएलामाथि आक्रमणमा हात रहेको आरोप लगाएका छन् । ट्रम्पले भने आरोप अस्वीकार गर्दैआएका छन् । भेनेजुएलामा गोप्य रुपमा समूह नपठाएको उनको भनाइ छ ।

अन्नपुर्ण पोष्टबाट


ताजा समाचार