Loading... आजः बुधबार, असार ९, २०७८

अमेरिकाको चिन्ता : कोरोनाको भ्याक्सिन बनाएर चीनले विश्‍व कब्जा गर्छ

एजेन्सी । विश्‍वका कयौँ देश कोरोना भाइरसको भ्याक्सिन तयार गर्ने दौडमा जुटिरहेका छन्। चीन, बेलायत र अमेरिकासहित कयौँ देश कोभिड(१९ विरुद्धको भ्याक्सिन बनाउन कम्मर कसेर लागेका छन्।

चीनले भ्याक्सिनको पहिलो परीक्षण सफल रहेको जनाएको छ भने अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण असफल भएको छ। उता बेलायतले पनि कोरोनाविरुद्ध बढी प्रभावकारी मानिने एउटा औषधि बनाएर परीक्षण गरिरहेको छ। यसैबीच अमेरिकी अधिकारीहरुलाई चीनले पहिले भ्याक्सिन बनाउने कुराले सताउन थालेको छ।

यदि चीनले कोरोना भाइरसको भ्याक्सिन पहिले बनायो भने यसको प्रयोग आर्थिक लाभ र कूटनीतिक पकड हासिल गर्नमा उपयोग गर्न सक्ने चिन्ताले अमेरिकालाई सताएको हो। एकातर्फ विश्‍वका कयौँ देश एक(दोस्रोसँग जानकारी आदान प्रदान गर्दै कोरोनाको भ्याक्सिनमा काम गरिरहेका छन् भने अर्कातर्फ अमेरिका र चीन केबल आफ्नै एकल प्रयासमा यसको भ्याक्सिन निर्माणमा जुटिरहेका छन्।

पोलिटिकोको एक रिपोर्ट अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षासँग जोडिएका एक अधिकारीले भने, उसलाई चीन जसले यो भ्याक्सिन पहिले बनाउँछ, उसले नै अब सारा विश्‍वमा राज गर्छ भन्‍ने थाहा छ, त्यही भएर चीन कोरोनाविरुद्धको भ्याक्सिन बनाउन जोडतोडले लागेको छ। पेन्टागनऔर सीआईएका पूर्व अधिकारी म्याट क्रोएनिगले भने, प्रायजसो चीनबाट पठाइने सहयोग सामग्रीसँग केही न केही स्वार्थ जोडिएको हुन्छ।

यसैले चीन यसको भ्याक्सिनको विश्‍वमा आफ्नो प्रभाव बनाउँदै अमेरिकालाई पछि धकेल्नका लागि उपयोग गर्न सक्नेछ। अप्रिलमा चीनले कोरोना भाइरसको एक भ्याक्सिनको शुरुआती परीक्षणको नतिजा राम्रो रहेको जनाएको थियो। सबैभन्दा महत्वपूर्ण कुरा भनेको कोरोना भाइरस चीनबाटै फैलिएको हो।

यसैले पनि चीनले अन्य देशभन्दा पहिले नै भ्याक्सिन तयार गर्ने काम सुरु गरिसकेको हुनुपर्छ। अर्कातिर वुहान सहरबाट कोरोना फैलिएपछि विश्‍वजगतले चीनमाथि अनेक प्रश्‍न पनि उठाइरहेको छ। यस्तोमा यदि चीनले भ्याक्सिन पहिले तयार गर्‍यो भने बाँकी विश्‍वलाई सित्तैमा दिएर आफ्नो छवि सुधार्न र पकड जमाउन सक्नेछ।

तर अमेरिकाको राष्ट्रिय सुरक्षासम्वद्ध एक अधिकारीका अनुसार भ्याक्सिन बनाउने क्रममा चीनलाई अहिलेसम्म गतिलो सफलता भने हात परिसकेको छैन। तर ती अधिकारीले भने, चीनले अन्य देशले बनाएको वस्तु र रिसर्च चोरी गर्ने कोशिशमा पनि चीन लागिरहेको छ। भ्याक्सिन पहिले तयार गर्ने अवस्थाले कूटनीतिक प्रभाव भन्दा बढी आर्थिक असर धेरै देख्न पाइनेछ।

एसोसिएशन अफ अमेरिकन मेडिकल कलेजका प्रमुख साइन्टिफिक अफिसर रोस म्याककिन्‍नेका अनुसार भ्याक्सिन पहिले तयार भएको अवस्थामा त्यो देशले पहिले आफ्ना नागरिकलाई सुरक्षित गर्नेछ। यसका कारण त्यो देशको अर्थतन्त्र पूरै खुल्नेछ। तर सीआईएका पूर्व अधिकारी म्याट क्रोएनिगले चीनले बनाउने भ्याक्सिनमा पूरा विश्‍वले विश्वास गर्न सक्नेमा शंका जनाएका छन्। हालै मात्र चीनबाट कोरोनाविरुद्ध लड्न पठाइएका सामग्री कम गुणस्तरका पाइएपछि आलोचना भएको थियो।

थाहाखबरबाट


ताजा समाचार