Loading... आजः बुधबार, असार ९, २०७८

नेपालगन्जका १५ जना संक्रमितलाई आइसोलेसनमा राखियो

नेपालगन्ज । नेपालगन्जमा एकै दिन फेला परेका १५ जना कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा राखिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित ‘जोलहनपुर्वा’ टोलका १५ जना आइतवार संक्रमित फेला परेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण पुष्टि गरेपछि प्रहरीले टोलमै पुगेर खोजी गरी हिजो मध्य रातिसम्म उनिहरु सबैलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा पुर्याएको हो ।

नयाँ संक्रमित १५ जनालाई आइतबार राति आइसोलेसनमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) बीरबहादुर ओलीले जानकारी दिए ।

‘संक्रमण पुष्टि भएपछि टोलमा पुगेर उनीहरुको पहिचान गर्न सुरुमा धेरै कठिन भएको उनले जानकारी दिए । तर सवैलाई पत्ता लगाएर आइसोलेसनमा राखेका छौं,’ उनले भने ।


ताजा समाचार