Loading... आजः बुधबार, असार ९, २०७८

चट्याङ लागेर कालिकोटमा एक जनाको मृत्यु, ६ घाइते


कालिकोट । चट्याङ लागेर कालिकोटमा एक जनाको ज्यान गएको छ । जिल्लाको सान्नीत्रिबेणी गाउँपालिका वडा नं ८ मुम्रामा बिहीबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको हो ।

घरमा चट्याङ पर्दा एकै परिवारका सदस्य एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् ।

असीना पानीसँगै चट्याङ पर्दा ५ वर्षका रेखा दमाइको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार रातीको समयमा चट्याङ पर्दा ६ जना घाइते भएका छन् । घाइते हुनेमा वर्ष २३ का धिरेन्द्र धमाइ, वर्ष ९ का आयुष दमाइ, वर्ष ५ का निखील दमाइ, वर्ष १६ का छत्र दमाइ, वर्ष २१ की गिता दमाइ र २१ वर्ष की हजुरा दमाइ घाइते भएका हुन् ।

घाइते सबैको सामुदायिक अस्पताल रास्कोटमा उपचार भइरहेको छ । मृतक रेखा दमाईको सब पोष्टमाटमका लागि जिल्ला अस्पताल मान्म ल्याइएको छ । खरको छाना भएको घरमा चट्याङ पर्दा आगलागी भइ परिवारको विचल्ली भएको छ ।

गाउँपालिकाले आगलागीबाट बिस्थापित उनीहरुको व्यवस्थापन गर्न पाल, कम्मल, भाँडाकुडा, दाल, चामल उपलब्ध गराएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।


ताजा समाचार