Loading... आजः बिहिबार, अशोज १५, २०७७

भेरीनगरको कोरोना कोषमा शिक्षक–कर्मचारीको १० लाख बढि रकम जम्मा

जाजरकोट । भेरी नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुले साढे १० लाख बढि रकम कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गरेका छन् । नगरपालिकाले स्थापना गरेको कोषमा स्वास्थ्य सेवामा कार्यरत बाहेकका कर्मचारीले साढे १० लाख बढि रकम जम्मा गरेका हुन् ।

नगरपालिका भित्र कार्यरत कर्मचारी र शिक्षकहरुको तलबबाट पालिकाले स्थापना गरेको कोषमा १० लाख ६७ हजार ४ सय ४१ रुपैँया जम्मा गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनु भयो ।

उक्त रकमको चेक नगरप्रमुख चन्द्रप्रकाश घतीलाई हस्तान्त्रण गरि जम्मा गरिएको उहाँको भनाई छ । शाखा अधिकृत देखि उपसचिब तहसम्मका शिक्षक–कर्मचारीहरुको ५ दिन र ना.सु. तहसम्मका शिक्षक–कर्मचारीहरुको ३ दिन बराबरको पारिश्रमिकबाट उक्त रुपैँया कोषमा जम्मा गरिएको हो ।

कोभिड–१९ को बिश्वमहामारीबाट प्रभावित नगरपालिका भित्रका नागरिकहरुको उपचार तथा राहत बितरणमा सहयोग पुर्याउन शिक्षक–कर्मचारीहरुले कोषमा रकम जम्मा गरेको हो ।

नगरप्रमुख घर्तीले कोरोना संकटको बेला नगरपालिकालाई सहयोग गर्ने नगरपालिकाका सबै शिक्षक कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिनु भयो । कोभिड–१९ को बिश्वमहामारी विरुद्धको लडाईमा अग्रमोर्चा सामेल भएका स्वास्थ्य सेवाका सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मीहरुलाई पनि हार्दिक धन्यवाद दिदै प्रमुख घर्तीले महामारी विरुद्धको लडाईमा मानब सफलता प्राप्त गर्न स्वास्थ्य र सुरक्षाकर्मीहरुको अझै उच्च योगदानको आबश्यकता रहेको बताए ।


ताजा समाचार