Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जाजरकोट प्रहरीद्धारा एक रोपनीमा खेती गरिएको अफिम नष्ट


जाजरकोट । एक रोपनी जग्गामा खेती गरिएको अफिम जाजरकोट प्रहरीले फडानी गरेर नष्ट गरेको छ । कुशे गाउँपालिका ८, नयाँबस्तीमा खेती गरिएको अफिम प्रहरीले नष्ट गरेको छ । स्थानिय नाराण थापा र शेरबहादुर खड्काले लगाएको अफिमलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी चौकी पैंकमा कार्यरत प्रहरी सहायक निरिक्षक मायालाल वुढाको नेतृत्वको चार जना प्रहरी जवान सहितको टोलीले उक्त अफिम खेती नष्ट गरेको हो ।

थापा र खड्काले अफिम खेती गरेको सुचनाको आधारमा प्रहरीले अफिम नष्ट गरेको जनाएको छ । उनिहरुले सार्वजानीक जग्गामा अफिम खेती गरिएको पाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरको लकडाउनको े मौका छोपी विभिन्न लागु औषधको ओसार–पसार तथा दुव्र्यसनी जस्ता कार्य हुनसक्ने बताउदै प्रहरी नायव उपरिक्षक किशोर श्रेष्ठले विभिन्न चोरी, शिकारी र तस्करी तर्फ पनि प्रहरीले ध्यान दिई रहेको बताएका छन् ।


ताजा समाचार