Loading... आजः बुधबार, असार ९, २०७८

नेपालमा कोरोना परीक्षण गर्नेको संख्या ५० हजार पुग्यो

काठमाडौं । नेपालमा करिब ५० हजारजनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म पीसीआर विधिमार्फत ९ हजार ६ सय ६६ वटा र्‍यापिड डाइगोनोस्टिक टेष्ट (आरडिटी) बाट ३९ हजार ६ सय ७० वटा गरी कूल ४९ हजार ३ सय ३६ वटा नुमना परीक्षण गरिएको जनाएको हो।

स्वास्थ्य मन्त्रालयमा शनिबार आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा।विकास देवकोटाले गत २४ घण्टामा मात्रै एक हजार ९ सय ४५ वटा नमुना परीक्षण गरिएको जानकारी दिएका छन्।

उनका अनुसार देशभरका सबै जिल्लामा आरडिटी परीक्षण जारी रहेको छ। जसअनुसार आजसम्म प्रदेश नम्बर १ मा ४ हजार १६०, प्रदेश २ मा ५ हजार ४४, बाग्मती प्रदेश ७ हजार ४६७, गण्डकी प्रदेशमा ४ हजार ८७१, प्रदेश ५ मा २ हजार ९५०, कर्णाली प्रदेशमा ४ हजार ९७४ र सुदुरपश्चिम प्रदेशमा १० हजार २०४ वटा नमुनाहरु परीक्षण भएका छन्।


ताजा समाचार