Loading... आजः बिहिबार, असार १८, २०७७

के गरिबको सामाजिक प्रतिष्ठा हुदैन ?

मदन ज्ञवाली,
गुल्मी ।
बिश्वभरिको तत्कालीन संकट कोरोना रोग महामारी होस अथवा पछिल्लो समयमा घटेका दैविक प्रकाेपका घटना होस , यहाँ समाजसेवक भनौदाहरु (अबस्तबिक सेवक) लाई आफ्नो बिज्ञापन गर्न राम्रो स्थान पाईरहेका छन ।

सेवा गर्ने त्यो जमात भिड अथावा समुहमा राहत भन्दा पनि आफ्नो प्रचार प्रसार तिर नाम मात्रका समाजसेवीहरु पनि हाम्रै गाउँ शहरहरुमा धेरै देख्न पाइन्छ । नेपालमा आधिकारिक रुपमा NGO/INGO हरु सन १९९० को दशक देखि सुरु भएको पाइन्छ । आहिले सम्मको तथ्यांक हेर्ने हो भने सालाखाला ४ हजारको हाराहारीमा सञ्चालनमा आएका छन । ती मध्ये धेरै जसो NGO/ INGO देखावटी काम गर्ने र पैसा कुम्ल्याउन मात्र सछ्म छन त केही निष्क्रिय रहेका छन ।

यस्ता संस्थाहरु गरिब, दविएका समूह र भौगोलिक रुपले विकट क्षेत्रमा तथा अल्प संख्यक समुदायमा कार्यरत छन् । गरिबी निवारण ,ग्रामीण विकास, महिला तथा बालबालिका, खानेपानी, सडक, कृषि, शिक्षा, स्वास्थ, क्षेत्रमा कार्यरत धेरै कम सख्याका सस्थाहरु मात्र प्रभावकारी काम गरिरहेका पाइन्छ । अर्को तर्फ प्रत्यक पालिका, वडा र टोलहरुमा स्थापना भएका युवा क्लब तथा अन्य सामाजिक स‌स्थाहरुको कार्य अत्यन्त न्यून गतिमा भइरहेको छ । चाड पर्वहरुमा समित सस्कृतिक र खेलकुद कार्यक्रम गरेर बर्ष भरिको बजेट अनि काम सिध्याउन तर्फ उन्मुख भएको पाइन्छ ।

आफ्नो परम्परा सस्कृतीको जगेर्ना गर्नु त कहाँ छ कहाँ पश्चिमेलि (बिदेशी) सस्कृतीलाई आत्मसात गर्दा नेपाली परम्परा भेषभुषा गित संगीतलाई चरम अन्याय गरिरहेका छन अब कुरा गरौ देखावटीका सेबकहरुका, आफूलाई महान परोपकारी र समाजसेवी ठान्नेहरु १ सय बराबरको सहयोग तथा राहत बितरण गर्दा १ हजार बराबरको फोटो सेयर र समाचारहरु समाजिकसंजालमा भाइरल गराउनै उनिहरुलाई हतार हुन्छ । एउटा तस्बिर खिचेर आफ्नो सामाजिक संजालको भित्तामा पोस्ट्याउन गरिएको सेवाबाट नेपाली समाज कुन दिशा तर्फ गइरहेको छ भन्ने कुरा तपाईं हामिले सजिलै एउटै शब्दमा आँकलन गर्न सकिदैन, अनि भाबी पुस्ताहरु मानसपटल के ज्ञान जान्छ भन्ने कुराको प्रश्न जनमानसमा आउन थालेको छ ।

बिगतमा मुखियाहरुले गरिब निमुखालाइ हलि, कम्लहरी तथा अन्य दासको रुपमा अन्याय र शोषण गर्थे तर आहिलेको आधुनिक समाजमा राहतका नाममा तस्बिरहरु को बिज्ञापन गरि आफूलाई सम्मानित ठाउँमा राखी शोषण र अन्याय गर्दछन । भैरव अर्याल ले भने जस्तै जब भयो राती अब बुडि ताती भने झै ,जब काल ले पासो हाल्दै ल्याउछ अनि मान्छे मा ज्ञान गुनका चासो बड्दै आउँछ, पहिला कुकर्मबाट बदनामी कमाएकाहरु पछि सन्तमहाराज भइ रामनामी पुज्न थाले झै, पहिले सालीका आसक्तहरु आहिले रामका भक्त हुन्छन एस्तै प्रकृति सेवकहरु पनि धेरै भेटिन्छन । जुन पाप मेटाउने एउटा माध्यमको रुपमा मात्र लिन्छन । के गरिबको सामाजिक प्रतिस्ठा हुदैन ? के गरिबको सामाजिक अस्तित्व र सामाजिक इज्जत हुदैन ? कयौं परिवर्तन भए देशमा आउनु पर्ने सबै तन्त्र आए जान पर्ने तन्त्र पनि गए ! ब्यबस्था फेरियो भनेर के गर्ने जब अबस्था नै उस्तै भएपछि !

यो आधुनिक युगमा आधुनिक तरिकाबाटै गरिबहरु शोषण भैरहेका छन । युगमा परिवर्तन त ल्यायो नेपाली समाजले तर समानता भन्ने कुरा नै बिर्साउदो रहेछ । जुन बर्गको लागि तमाम आन्दोलन भए तमाम युद्ध भए तर तेहि बर्गनै आधुनिक शोषणको चपेटामा परेको देखिन्छ । यति भनिरहदा वास्तविक समाजसेविहरुको मन दुख्न सक्छ तर उहाहरु प्रतीको मेरो सम्मान उहाबाटको उत्प्रेरणा र उहाहरुको उदाहरण मेरो मानसपटलमा सधै आइरहने छ ।


ताजा समाचार