Loading... आजः बुधबार, असार ९, २०७८

कोरोना विरुद्ध भेरी नगरपालिकाको उच्च सतर्कता : यस्तो गर्दै छ


रामचन्द्र घर्ती 
जाजरकोट । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्वका धेरै मुलुक अहिले ‘लकडाउन’ मा छन् । संक्रमण नफैलियोस् भनेर सरकारको निर्देशनअनुसार मानिसहरू घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका छन् ।

देशैभरीका स्थानिय सरकाले पनि कोरोना भाइरसको नियन्त्रणका लागि आफ्नो क्षेत्र भित्र बिभिन्न गतिविधिहरु गरिरहेका छन् । यता जाजरकोटको भेरी नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका बच्न उच्च सतर्कता अपनाएको छ । आइतवार मटेलामा बसेको नगर कार्यपालिकाको बैठकले यस महामारीबाट बच्न बिभिन्न समितिहरु समेत गठन गरेको छ ।

बैठकले कोरोना भाइरस नियन्त्रणको लागि नरप्रमुखको संयोजकत्वमा नगर स्तरीय तत्काल व्यवस्थापन समिति गठन गरेको छ । सदस्यमा प्रहरी निरिक्षक महेशकुमार अचार्य, एम आई एस अपरेटर सरोज वली, मेडिकल अधिकृत डा. भुपेन्द्र मल्ल, नगर स्वास्थ्य प्रमुख निशा थापा र निमिक्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्ती सदस्य सचिव रहेको समिति गठन गरिएको हो ।

त्यस्तै वाडा अध्यक्ष संयोजक रहेको वडा स्तरीय सिघ्र व्यवस्थापन समिति गठन गरिएको छ । नगरका सवै टोलटोलमा समेट समिति गठन गरिएको छ । वडा सदस्य संयोजक रहने गरि एउटा वडामा ३ देखि ७ वटा सम्मा टोल स्तरीय समिति गठन गरि कोरोना भाइरसबाट बच्न उच्च सर्तकता अपनाइएको हो ।

नगरपालिकाले यी समिति मार्फत कोरोना भाइरसबाट बच्न बिभिन्न गतिविधिहरु सूरु गरेको छ । नगरभित्र प्रवेशगर्ने सवैको चेकजाँच गरिरहेको नगरपालिकाले विदेशबाट तथा अन्य जिल्लाबाट घर फर्केकाहरुको नामावली संकलन गरिरहेको छ । यहि चैत्र महिनादेखि घर फर्केकाहरुको नामावली संकलन गरिदै छ ।

विदेशबाट घर फर्केकालाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बसाउन यस समतिले विशेष पहल गर्ने भएको छ । क्वारेन्टाइनमा बस्न नमान्ने गरेको गुणासो आएको भन्दै अनिवार्य ‘क्वारेन्टाइनमा’ बस्न आग्रह गर्ने र नमान्नेलाई प्रहरी प्रशासन लगाएर भएपनि ‘क्वारेन्टाइनमा’ राख्ने निर्णय गरेको छ ।

कोरोनाको महमारीमाबाट बच्न सरकारको निर्देशनलाई पालना गरी घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न नगरप्रमुख चन्द्र प्रकाश घर्तीले आग्रह गर्नु भयो । महामारीबाट बच्न विश्वभरका मुलुक लकडाउनमा रहेकोले सरसर्फामा ध्यान दिई, भिडभाड नगरि ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न नगरवासीलाई आग्रह गर्नु भएको छ । विदेशबाट आएको व्यक्ति घरमा भए नगरपालिकालाई जानकारी दिन र उबाट सतर्कता अपनाउन आग्रह नर्गु भयो ।

विभिन्न जनचेतामुलक सुचना तथा सन्देश प्रवाह गर्न वडास्तरमा आवश्यक बजेटको विनियोजन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनु भयो ।


ताजा समाचार