Loading... आजः बुधबार, असार ९, २०७८

राष्ट्रिय युवासंघका नेता शाहीद्धारा निःशुल्क माक्स वितरण

जाजरकोट । कोरोना भाइरसबाट बचाउन युवानेता सरोजजंग शाहीले बालबालिका र वृद्धवृद्धालाई निशुल्क मास्क वितरण गर्नु भएको छ । छेडागाडा नगरपालिका वार्ड न. ५ को बडावन तथा स्थानिय थलहबजारमा उनिहरुलाई निशुल्क मास्क वितरण गर्नुभएको हो ।

रास्ट्रिय युवासंघ जाजरकोट क्षेत्र न. २ का अध्यक्ष शाहीले शनिवार २ सय ५० पिस मास्क विशेषगरि बालबालिका तथा बृद्धबृद्धालाई वितरण गर्नु भएको हो ।

सोही वार्डका वडा अध्यक्ष महेन्द्र बहादुर शाहीको विशेष उपस्थितिमा रास्ट्रीय युबा संघ नेपाल क्षेत्र न. २ का अध्यक्ष, युवा समाजसेबी सरोज शाहीले स्थानीय स्रोत – साधन र जनशक्तिको रचनात्मक प्रयोग र परिचालन गरि व्यक्तिगत लगानीमै मास्क उत्पादन गरि निस्शुल्क वितरण गर्नु भएको छ ।

अध्यक्ष शाहीले कोरोना भाइरसबाट बच्न स्थानियलाई सरसफाइमा ध्यान दिन र भिडभाडमा नजान समेत सुझाव दिनु भएको छ ।


ताजा समाचार