Loading... आजः बुधबार, जेष्ठ १७, २०८०
Trending

कोरोना नियन्त्रण तथा उपचार कोषमा एनसेलको १० करोड

काठमाण्डौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गर्नुभएको हो ।

कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै सङ्क्रमित बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा लिएको छ ।

सहयोगले कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा ठूलो भूमिका खेल्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।

आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न प्रयासरत रहने एनसेलले जनाएको छ ।


ताजा समाचार