Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

भरतपुरको कोरोना विशेष अस्पतालुमा उपचाररत युवकको मृत्यु, कोरोना भए-नभएको परीक्षण हुन बाँकी

चितवन । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एकजना युवकको मृत्यु भएको छ । केहीदिन देखि उपचार गराइरहेका उनको मंगलबार विहान ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । ती युवकको मृत्युबारेमा अस्पतालले आधिकारिकरुपमा अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि कोरोना विशेष अस्पतालमा पठाइएको थियो ।

कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको कोरोना संक्रमण या अन्य कारणले मृत्यु भएको पुष्टि हुन सकेको छैन । उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।


ताजा समाचार