Loading... आजः बुधबार, असार ९, २०७८

लकडाउन उल्लंघन गर्ने १० जना चितवनमा पक्राउ

चितवन । सरकारले आजदेखि लागु गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनमा पक्राउ परेका छन् ।

कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले लागू गरेको लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका उनिहरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने उनले बताए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।

जाजरकोटमा पनि प्रहरीले घरबाहिर ननिस्कन माइकीङ गरिरहेको छ ।


ताजा समाचार