Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

अज्ञात समुद्धारा स्काभेटरमा आगजानी


चैत ५, जाजरकोट । जाजरकोटको बारेकोटमा सडक खन्न रोकीराखेको स्काभेटर (डोजर) मा अज्ञात समुहले आगो लगाएको छ । बारेकोट गाउँपालिका १, धौलाकोटको खड्करी भन्ने ठाउँमा मंगलवार राति अज्ञात समुहले आगो लगाएको हो ।

हानीसल्ल हुदै बारेकोट गाउँपालिका जोड्ने सडक खन्न प्रयोग भएको रेगन निर्माण सेवा सुर्खेतको बा ३ क ४०८६ नम्बरको डोजरमा अज्ञात समुहले आगो लगाएको स्थानियले बताएका छन् । उक्त डोजर निर्माणव्यावसायी दान वहादुर खड्काको रहेको छ ।

स्थायिन पृथी बहादुर बोहोराले राति एक्कासी ठुलो आगो बलेको देखेको बताएको बारेकोटबाट कालीप्रसाद थापाले जनाएकारी दिए । डोजरमा कस्ले र किन आगो लगाएको भन्ने खुल्न सकेको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।


ताजा समाचार