Loading... आजः मङ्लबार, असार २३, २०७७

नेपाली पत्रकारितामा अनुमान र हनुमानकारीताको रोग


बीरबहादुर गिरी

विश्व पत्रकारिताको ईतिहासमा नेपाली पत्रकारीताको इतिहास धेरै लामो छैन । नेपालको समग्र विकास प्रक्रियाको अरु क्षेत्रसंग तुलना गर्दा पत्रकारीताको विकास भने छोटो समयमा धेरै भएको भन्दा फरक पर्दैन । बिश्व पत्रकारिताको विकास र नेपालको सन्दर्भ हेर्दा आज पनि नेपाली पत्रकारिताको प्रबृति र आयाम समय अनुकुल विकसित हुन नसकेको सत्य हो । हामीले यो सत्यलाई छोप्न खोजे पनि आजको नागरिक पत्रकारिताले उदाङ्गो बनाउदै लगेको छ । सत्यमाथि नै गंभिर प्रहार गर्ने पत्रकारको चारित्रिक बिशेषता नै नेपाली पत्रकारिताको टिठलाग्दो वास्तबिकता बनेको छ । जसका कारण पत्रकारलाई हेर्ने र नेपाली पत्रकारितालाई बुझ्ने राष्ट्रिय दृष्टिकोणबाट नेपाली पत्रकारिताको गरिमा ओरालो लाग्दै छ । भने पत्रकारहरुप्रतिको जनविश्वास हराउन थालेको देखिन्छ । अब पत्रकारिताको गरिमा उचो राख्नु र जनविश्वासलाई पुर्नजिवित गर्नु नेपाली पत्रकारहरुको कर्तब्य हो ।

सामाजिक जीवनका अरु क्षेत्रमा भएका परिवर्तनको प्रतिबिम्ब पत्रकारितामा देखिनु पर्दछ । मिडिया हावस धेरै संचालन हुनु र संख्यात्मक रुपमा पत्रकार धरै बन्नुलाई मात्र पत्रकारिताको विकास भन्न सकिन्न ।

आज विश्व पत्रकारितामा नयाँ नयाँ प्रबिधि र प्रभाबको गतिशिलतामा क्रान्तिकारी परिवर्तन समय क्रममा तिब्र छ । यस्तो विश्व परिबेशमा नेपाली पत्रकारिताले भने परम्पराको दायराबाट माथी उठ्न नसकेको आरोप खेपिरहेको छ । नेपाली पत्रकारिता माथि लागेका सबै आरोपहरु सार्बभौम भन्ने होइन तर समय क्रममा परिवर्तनको गोरेटो पक्रन नसकेको सत्य हो । नयाँ खोजिको तृष्णामा लम्किरहेको मानवीय रुचिलाई केही हद मेटाउने जिम्मा पत्रकारिताको हो । नेपाली पत्रकारिताले भने हिलोको मान्यतालाई गतिशिल समयसाथ परिवर्तन भएको नेपाली रुचिलाई परिपुर्ति गर्न नसको साँचो हो । हामीले मिडिया खोल्ने र पत्रकार बन्ने कुरालाई पत्रकारिताको विकास ठानेर बसेका छौं । यो मान्यता हिजोलाई सान्र्दभिक होला । अब यो मान्यतालाई खण्डित गरेर समय सापेक्ष पत्रकारिताको विकास र प्रभाबकारीताको बहस आबश्यक छ । बहसको शुरुवात कहाँबाट र कसले गर्ने ? सामाजिक जीवनका अरु क्षेत्रमा भएका परिवर्तनको प्रतिबिम्ब पत्रकारितामा देखिनु पर्दछ । मिडिया हावस धेरै संचालन हुनु र संख्यात्मक रुपमा पत्रकार धरै बन्नुलाई मात्र पत्रकारिताको विकास भन्न सकिन्न । यसो भनौं नेपाली पत्रकारिताको विकास हुदै गएको छ, प्रभावकारिता हराउन थालेको हो की ? यसर्थ आज विश्वब्यापिरण हुदै गएको आर्थिक, सामाजिक, रानीतिक सम्बन्धलाई पनि नेपाली पत्रकारिताले प्रतिनिधित्व गर्नुपर्ने हो । तर देशकै समग्र अबस्थाको प्रतिबिम्ब पत्रकारितामा नभेटिने तितो यथार्थता बोकेर नेपाली पत्रकारिता हिडिरहेको छ । निश्चय नै यो नेपाली पत्रकारिताको सुखत पक्ष होइन । यसैमा रमाउन खोज्ने हाम्रो मानसिकताले कसरी अगाडी बढ्छ नेपाली पत्रकारिता ? यो प्रश्नको उत्तर खोज्नु जरुरी छ । नेपाली पत्रकारले पत्रकारिताको महत्व र अस्थित्वको खोजि जसरी गरिरहेका छौ, त्यसरी प्रभाबकारिता र बहुआयमिकताको खोजि गर्न जरुरी छ । अरुका सबै रङ्ग देख्ने रातोलाई कालो र कालोलाई रातो बनाउन सहज हुने, आफुमा लागेको दाग भने नभेटाउने हाम्रो पत्रकारिताको रोग हो । यसको उपचार हामीले समयमा खोज्नु आधुनिक युगको माग हो ।

कसैको देबत्वकरण र कसैलाई दानवीकृत गरेर नत ईतिहासको सम्मान हुन्छ नत बर्तमानको पहिचान दिन र भविश्यको मार्गदर्शन गर्न सक्छ नेपाली पत्रकारिताले समस्या यस्तैमा छ ।

अहिले पत्रकारहरुले सिमाहीन प्रेस स्वतन्त्रताको खोजि गर्नु र सरोवारवाला निकायले संंबैधानिक अधिकार प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा संकुचन गर्न खोज्नु नेपाली राष्ट्रिय मनोबिज्ञानको पराकाष्टा हो भन्नुमा दुइमत छैन । पत्रकारहरुले खोजेको स्वतन्त्रता अराजकताको पराकाष्टा हो भन्ने एक थरी बुझाइ र पत्रकारितामा अनुशासनको अनिबार्यतालाई निरुकुंशता प्रतिक देख्ने अर्को जडता अहिले सतहमा पोखिएका छन । सारमा स्वतन्त्रता र अनुशासन एक अर्काका परिपुरक हुन भन्ने सार्बभौम सत्यलाई सबैले आत्मसात गर्नुको बिकल्प छैन । पत्रकारिताले बदलिदो नेपाली परिबेशका सन्दर्भहरुलाई आत्मसात गर्न नसकेको भन्ने आरोप नीति निर्माणको तहमा बसेकाहरुको छ । नीति निर्माणको तहमा रहनेहरुले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको विश्वब्यापि मान्यताको मर्मबोध गर्न नसकेको हाम्रो आरोप हो । यी दुबै बुझाइ र भोगाई सत्य हुन । यहि सत्यलाई स्वीकार गरि सहकार्य र साझेदारीमा अगाडी बढ्नु पर्दछ । यसैबाट सबैको जित पक्का छ । हामीले अहिले चाहेको स्वतन्त्रता अुशासनबिहीन हुन सक्दैन । आजको राजनीतिक ब्यबस्था निर्माण लागि नागरिक चेतनाको विकास हाम्रो पत्रकारिताले हिजो गरेकै हो । आजको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको ग्यारिन्टीका लागि नीति निर्माणको तहमा रहेको राजनीतिक नेतृत्वले हिजो त्याग, तपस्या र बलिदान गरेकै हो । योे वास्तबिकतालाई कसैले भुल्न संभब छैन । तर कसैको देबत्वकरण र कसैलाई दानवीकृत गरेर नत ईतिहासको सम्मान हुन्छ नत बर्तमानको पहिचान दिन र भविश्यको मार्गदर्शन गर्न सक्छ नेपाली पत्रकारिताले समस्या यस्तैमा छ । पत्रकारिताको घाँटी निमोठेर राजनीतिक प्रणाली लोकतान्त्रिक र जवाफदेखि बन्न सक्दैन ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सवालमा कसैसंग सम्झौता गर्न सकिन्न । तर अनुमान र हनुमानकारितामा हामी हरेकसंग सम्झौता गरिरहेका छौ । 

विश्वका महाशक्ति राष्ट्रहरुका लागि अन्तराष्ट्रिय राजनीतिक सम्बन्ध र रणनीति निर्माणमा ती देशको पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर नेपाल पत्रकारिता भने अनुमानकारिता र हनुमानकारिता अभ्यासमा दौडिन खोजिरहेको छ । यो गनतब्यहीन उद्देश्य बोकेर नेपाली पत्रिकारिता कता जादै छ यो हाम्रो चासोको बिषय हो । अनुमानका भरमा प्रहरी, न्यायलय, अख्तियार आफै बनिदिने अनि कसैलाई संसारकै सर्बशक्तिमान देखाउन हनुमानको आज्ञाकारीता प्रर्दशन गर्ने हाम्रो पत्रकारिताको महारोग छ । पात्रको प्रबृतिको कुरा मात्र होइन तर पत्रकारिताको चरित्र नै यस्तो देखा पर्दा चिन्ताको बिषय हो । यहि रोगले ग्रस्त पत्रकारितालाइ कसरी स्वस्थ बनाउने अब । देशभरी संचालनमा रहेका बिभिन्न मिडियाहरुबाट बज्ने, छापिने र देखाइने सामाचारबाट नेपाली मनोबिज्ञानलाई दिग्भ्रमित बनाउने काम भएको प्रष्ट छ । आज आम पाठक र बिष्लेशकहरुले यहि वास्तबिकताको धरातलमा टेकेर पत्रकार र पत्रकारिता प्रतिको आफ्नो दृष्टिकोण किन नबनाउने ? यसरी निर्माण भएको दृष्टिकोणका आधारमा हाम्रो स्थान कहाँ हुन्छ ? यस्तो दृिष्टकोणका बिरुद्ध लड्ने हाम्रो नैतिक र बैधानिक हतियार नै भुत्ते किन नहोस त ? यसर्थ हनुमान र अनुमानकारिताको रोगबाट नेपाली पत्रकारितालाई कसरी मुक्त गराउने आजको आबश्यकता यहि हो । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सवालमा कसैसंग सम्झौता गर्न सकिन्न । तर अनुमान र हनुमानकारितामा हामी हरेकसंग सम्झौता गरिरहेका छौ । यो कटु सत्य आरोपलाई पनि कतिपयले पचाउन नसकेर बर्बराउछन । त्यो आधुनिक पत्रकारिताको मान्यता बिरुद्धको सोच हो । यस्तो मनोदशाबाट नेपाली पत्रकारहरु उन्मुक्त हुन अनिबार्य छ । ब्यक्तिगत फाइदालाई काइदा बुझ्ने प्रबृति साझा बनेर हुर्कदै गरेको प्रति हामी आँखा चिम्लेर कहिलेसम्म बस्ने ? पछिल्लो समय स्थानीय सरकारको गठनसंगै हरेक खालका गलत क्रियाकलामा खबरदारीमा होइन साझेदारीमा कलम चल्न थालेका छन । सबै खालका बिकृति बिसंगति बिरुद्ध रखेबारी र खबरदारी गर्नु पर्ने पत्रकारिता क्षेत्र नै हिस्सेदारी साझेदारी बन्दै गएको सबत्र सुनिने गरेको छ ।

आज नेपालको राजनीति, आर्थिक, सामाजिक र संस्कृतिक सन्दर्भका आयामहरु परिवर्तन भएका छन । ती परिवर्तनका प्रतिबिम्बहरु नेपाली पत्रकारितामा देखिनु र भटिनु पर्ने हो । तर त्यो वास्तबिकता पाउन नसकेको गुनासो सबैतिर सामाजिक सञ्जालमा छरपष्ट पोखिन्छन । यस्ता गुनासोको सम्बोधन हाम्रो पत्रकारिताले गर्नु पर्दैन अब ? आधुनिक युगको पत्रकारिताले राष्ट्र निर्माणको हिस्सेदारी बोक्ने हो । सामाजिक सदभाब, राजनीतिक सहकार्य, आथिक सम्बृद्धि र संस्कृतिक सवलीकरणको आयाम बलियो बनाउने हो । अभ्यासमा भने लाभमा साझेदारी, फाइदालाई काइदा ठान्ने, राजनीतिक बिखण्डन र बिग्रहलाई प्रोत्साहन गर्ने, नेपालीहरुको साझा बुझाइमा बिभाजन गर्ने दौड चलेको छ । यस्तो गलत बाटो तर्फ उन्मुख प्रतिस्पर्धालाई निरुत्साहित गर्न पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र पेशागत संघ संगठनहरुले बिलम्ब गर्नु हुदैन । अन्यथा पत्रकारितालाई राज्यको चौथो अंग मान्ने संबैधानिक मान्यता माथि नागरिक तथा राजनीति प्रश्न जब्बर बन्दै जाने छ ।


ताजा समाचार