Loading... आजः बुधबार, असार ९, २०७८

प्रेस संगठन जाजरकाेटको जिल्ला भेला तथा सपथ ग्रहण कार्यक्रम

जाजरकाेट । प्रेस संगठन नेपाल जाजरकाेटको  जिल्ला भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

जाजरकाेटको सदरमुकाम खल‌‌ङ्गामा कर्णाली प्रदेश संयोजक वीरवहादुर गिरी तथा प्रदेश कमिटि सदस्यहरुकाे उपस्थितीमा जिल्ला कमिटि पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवार्ईएको हो ।

कार्यक्रममा बाेल्दै नेकपा जाजरकाेटका सचिवालय सदस्य देवेन्द्र प्रसाद शर्माले संगठनमा आँच नपुग्ने तर वास्तविक समाचार जनतामाझ ल्याउन आवस्यक रहेको र पार्टी भित्रका सकारात्मक कुरा लेख्न र नकारात्मक कुरालाई आचोलना सहितको सुझाव दिनुपर्ने बताए ।

त्यसैगरी  संगठनका कर्णाली प्रदेश संयोजक वीरवहादुर गिरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मुख्य मर्म भएकोले यसलाइ पत्रकारहरुले मुख्य व्यबहार बनाएर अघि बढ्नु पर्ने बताए ।

संगठन जाजरकाेटका संयोजक हेमन्त केसीकाे अध्यक्षतामा भेला सम्पन्न भएकाे थियाे ।


ताजा समाचार