Loading... आजः बिहिबार, असार १८, २०७७

ईपीएल क्रिकेट स्थगित

काठमाण्डाै । यहि चैत्रमा हुने भनिएको एभरेष्ट प्रिमियर लिग स्थगित भएको छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । चैत्र १ गते देखी काठमाडौंमा हुने प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टले जनाएको छ ।

नेपाल सरकारले नै ठुला कार्यक्रम आयोजना नगर्न निर्देशन दिएपछि त्यसलाई मध्यनजर गरेर यो प्रतियोगिता स्थगित गरिएको हो । आयोजक जोरा स्पोर्टसले सरकारको निर्णयलाई ध्यानमा राख्दै हालका लागि स्थगित गरिएको र नयाँ मिती केहि समयपछि सार्वजनिक गर्ने बताएको छ ।

यो प्रतियोगिता हुँदा दर्शक र खेलाडीलाई पर्न सक्ने संभावित असरबाट जोगिन सार्नुपरेको जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए । उनले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको भएपनि अब फेरी सुरु गर्नुपर्ने बताए । साथै उनले ब्रोडकास्टिङ रकम र खेलाडीको रकम दिइसकेको समेत बताए । जसका लागि पाँच करोड जति खर्च भएको बताए ।

६ वटा फ्रेन्चाइजी टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागि विदेशी खेलाडीका साथै खेल तालिका पनि सार्वजनिक भइसकेको थियो । यसका साथै यसपटक क्रिस गेल, कोरे एन्डरसन जस्ता खेलाडी नेपाल आएर खेल्ने तयारीमा थिए । यतिमात्र होइन प्रतियोगिताका लागि केहि टिमले क्याम्प पनि सुरु गरिसकेका थिए ।


ताजा समाचार