Loading... आजः बुधबार, असार ९, २०७८

भेरी नगरपालिकाको जनजागरण अभियान प्रभावकारी बन्दै


जाजरकोट । छुवाछुत मुक्त नगर घोषणाको लागि भेरी नगरपालिकाले संचालन गरेको जनजागरण अभियान प्रभावकारी बन्दै गएको छ । वडा स्तरमा संचालित जनजागरण अभियानमा नागरिकहरुको उल्लेख्य सहभागीताले अभियान प्रभावकारी बन्दै गएको हो ।

सामाजिक विभेद विरुद्ध नगरवासी यतीवेला एक जुट भएका छन् । वडाका वृद्धवृद्धा देखी बालबालीका सम्म जातीय विभेद विरुद्ध सेचतना फैलाउदै हिडेका छन् । पहिलो चरण सवै वडामा छुवाछुत विरुद्ध सामाजिक अभियान्ता तयार पारेको नगरपालिकाले दोस्रोचरणमा सहजकार्ता सहित गाउँगाउँमै पुगेर स्थानियसंग साक्षात्कार गरिरहेको छ ।

समाजिक परिवर्तनको बाधक जातिय विभेद भएको ठहर गर्दै स्थानियले नगरपालिकाको अभियानलाई सफल बनाउने बताएका छन् । उनिहरुले नगरप्रमुख तथा नगरपालिकालाई अभियानको लागि धन्यवाद दिने गरेका छन् ।

छुवाछुत कानुनी रुपमा दण्डनिय भएकोले कोहीकसैले भेदभाव गर्न नहुने बारे अफुहरु सचेत रहेको उनिहरु बताउने गर्दछन् ।

अभियानमा गाउँगाउँका धामीझाँक्री, पण्डित पुरोहित संगै स्थानिय समुदायको निकै सहभागिताले आफुहरु उत्साहित भएको नगरप्रवक्ता पार्वती विकको भनाई छ ।
आगमी जेठ २१ गते पुर्ण जातिय छुवाछुत मुक्त नगर घोषणा गर्ने तयारीका साथ दोस्रो चरणको अभियान संचालन गरिहेको छ । आइतवार देखी वडा नम्बर १ को पिपेबाट दोस्रो चरणको अभियान सुरु भएको छ ।

बुधवार वडा नम्बर ४ गैरीखालीमा भएको कार्यक्रममा राष्ट्रिय सभा सस्य भैरव सुन्दर श्रैष्ठले हामी भित्र रहेका गलत प्रवृतिलाई अन्त्य नगरेरम्मा समृद्ध र समतामुलक समाजको कल्पना पुरा नहुने बताउनु भयो । सामाजिक विभेदको पुर्ण अत्य हुनैपर्ने उहाँको जिकीर छ ।

त्यस्तै नगरप्रमख चन्द्रप्रकाश घर्तीले मानवीय चेतनास्तर परिवर्तन आवश्यक रहेको बताउनु भयो । विभेदले हाम्रो उन्नती र प्रगती नहुने भएकोले यो अभियनलाई साथ दिन सम्पुर्ण नगरवासिलाई आग्रह गर्नु भयो । नगरप्रमुख घर्तीले समृद्ध तथा समतामुलक समाज निर्माण गर्न नगरपालिका भित्र कुनै सिसिमको विभेद स्वीकार्य नहुने बताउनु भयो ।
जनजागरण अभियनमा कलाकार रेशम शाहीको लेखन तथा निर्देशन रहेको छुवाछुत विरुद्धको सडक नाटक पछुतो प्रर्दशन गरिदै आएको छ ।

भिडियो हेर्नुहोस : 

 


ताजा समाचार