Loading... आजः बुधबार, असार ९, २०७८

सिटिजन्स बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग


बिनोद कुमार घर्ती
जाजरकोट । सिटिजन्स बैंकले जाजरकोटको एक बिद्यालयलाई अर्थिक सहयोग गरेको छ । नलगाड नगरपालिका ७, खगेनकोटको त्रिभुवन माध्यमिक विद्यालयलाई सिटजन्स बैंक जाजरकोट शाखाले आर्थिक सहयोग गरेको हो ।

सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत विद्यालयलाई एक लाख रुपैँया आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । सोमबार बैंकले विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरेको हो ।

उक्त रकमले विद्यालयमा पिउने पानिको व्यवस्थापन गरिने जनाइएको छ । पिउने पानिको समस्याका कारण विद्यार्थीहरुले समस्या झेल्दै आइरहेका छन् । उक्त सहयोग रकमले स्वच्छ पिउने पानिको व्यवस्थापनमा खर्च गरिने विव्यस अध्यक्ष चन्द्र बहादुर रावलले बताए ।

११ सय ५० विद्यार्थी अध्ययनरत रहेको बिद्यालयमा लामो समय यता खानेपानी ब्यवस्थापनको समस्या रहेको थियो । बिद्यालयमा शुद्ध खानेपानीको अभावमा पठनपाठनमा भइरहेको समस्यालाइ मध्यनजर गरी बैकले सहयोग गरेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड शाखा कार्यालय जाजरकोटका प्रबन्धन अरविन रेग्मीले जानकारी दिए ।


ताजा समाचार