Loading... आजः मङ्लबार, असार २३, २०७७

जातीय विभेद हुनु दोषी देवता होइन, हाम्रो मानसिकता हो

जनक केसी
जिल्लाको भेरी नगरपालिकाले आगामी जेठ २१ गतेलाइ जातिय विभेद अर्थात छुवाछुत मुक्त नगरपालिका घोषणाका लागि डेटलाइन वनाएको छ । संविधान, कानुन् र मानवताको सिद्धान्तका आधारमा गर्नै नहुने जातिय विभेद अर्थात छुवाछुत हामी भित्र व्यापक छ तर यो अपराध हामीले जानेर वा नजानेर गर्दै आएका छौँ । कथित तल्लो जात र कथित माथिल्लो जातका विचमा जारी छुवाछुत र विभेदको संकुचित एवम अमानवीय सोच र सँस्कार हाम्रो प्रगति र समृद्धिको सारथी होइन भन्ने वुझेर पनि हामी सवै दलित र गैरदलितहरु सोच र सँस्कारका दास भइरहेका छौं । अर्थात जातीय छुवाछुत जस्तो अपराधजन्य सोच र व्यवहार २१ औं सताव्दीको यो वेलामा कदापि सुहाउने सँस्कार पनि हुदै होइन भन्ने कुरा सवैले वुझेकै कुरा हो ।

जातीय छुवाछुत अन्त्यको विषय दलित र गैरदलित विचको मात्र सवाल नभएर दलितहरु भित्रैको पनि समस्या हो ।

धर्मका नाउँमा, सस्कारका नाउँमा, परम्पराका नाउँमा अनि चलनका नाउँमा हामीले जुन छुवाछुत र विभेद गर्दै र गराउदै आएका छौं त्यो सवैको सम्पुर्ण भागीदार आफै हौं । भगवान अर्थात देवतालाइ दोष लगाएर हामी कसैले पनि जातीय छुवाछुत या विभेद गर्न मिल्दै मिल्दैन । यहाँ देषी देवता होइन हाम्रो मानसिकता हो । कथित तल्लो र माथिल्लो जातिका नाममा गरिने विभेद र छुवाछुत दलित इतरका समुदायका केहि मानिसहरुले मात्र गरेका छैनन् दलितभित्रै पनि यो चलन व्यापक छ । जातीय छुवाछुत अन्त्यको विषय दलित र गैरदलित विचको मात्र सवाल नभएर दलितहरु भित्रैको पनि समस्या हो । अझ प्रष्ट रुपमा भन्नुपर्दा यो जातीय छुवाछुत अन्त्यको विषय आम जनताको चासो, चिन्ता र सरोकार पनि हो । यो सत्य जाने वुझेकाले वुझपचाएको र नजानेकाले जान्न नखोजेको पनि हो । यो कुसँस्कार र सोचको समुल अन्त्य गर्नका लागि आज भेरी नगरपालिकाले लिएको अग्रसरता निकै प्रशंसनीय छ । नगरपालिकाको अग्रसरता प्रशंसनीय संगै चुनौतिपुर्ण पनि छ । यहि चुनौतिका विचमा जेठ २१ को डेटलाइन भेरी नगरपालिकाको भव्य उत्सव वन्नु पर्छ भन्ने आम सचेत मन र मष्तिष्कहरुको साझा संकल्प वन्न जरुरी पनि छ । साथै यो दिन र अवसरलाइ समग्र जाजरकोट र कर्णालीकै जातिय छुवाछुत विरुद्ध महासंग्रामको विजययात्राको द्धार वनाउनु पर्छ भन्ने सोच, भावना, ऐक्यवद्धता र सहकार्यात्मक वाचा सवैले इमानदारीताका साथ राख्नै पर्छ । अभियानलाइ सफल पार्नका लागि नगरपालिकाका वडा, वस्ती, टोल र सामाजिक समुहहरुमा रहेका दलित र गैरदलित सवैको सहभागिता, जिम्मेवारी र सक्रियता प्रथम सर्त हुनुपर्छ ।

विशेष मापदण्ड र सुचकहरु तयार पारेर सुरु गरिएको छुवाछुतमुक्त भेरी नगरपालिका घोषणाको अभियान सफल पार्ने दायित्व सवैको हो भन्ने सोचाइ हामीले राख्नै पर्छ ।संख्या जसको जे सुकै भएपनि हामीले वर्षाैं देखि देखाउदै आएको विभेदपुर्ण छुवाछुतजन्य व्यवहार हाम्रो व्यक्तिगत पहिचानका लागि मात्र नभइ हाम्रो सभ्यता र सँस्कारका लागि समेत घातक छ ।जिल्ला सदरमुकाम खलंगा रहेको कारणले मात्र नभइ विकास, सँस्कृति र परिवर्तनको अगुवा समुदायहरुको वस्ती भएका कारणले पनि छुवाछुत मुक्त भेरी नगर वनाउने अभियान भेरीवाटै सफल र सार्थक वनाउनु हामी सवैको महत्वपुर्ण दायित्व हो । नगरपालिकाको यो दायित्वलाइ मेयर सिपी घर्ती, उपमेयर भावना भन्डारी या निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवहादुर घर्ती, र वडाध्यक्षहरु र अन्य जनप्रतिनिधिहरुको एकल वा व्यक्तिगत जिम्मेवारी र दायित्व सम्झनु हाम्रो गल्ती मात्र होइन भुल पनि हो । यो अभियान नगरपालिकाको मात्र अभियान हो भन्ने सोच र वुझाइ कसैले पनि राख्न हुदैन । हामी भित्रको विभेदकारी सोच र व्यवहार जसले जातीय छुवाछुत र विभेदको खाडल घट्न दिदैन त्यसलाइ वदल्न पनि नगरपालिकाले केहि गर्नै पर्ने छ ।स्थानीय जनप्रतिनिधि, नागरिक समाज, शिक्षक, विद्यार्थी, दलका नेता कार्यकर्ताहरु, कर्मचारी,धामी झाँक्री, पुजारी, पत्रकार तथा सरोकारवालाहरु र सर्वसाधारणहरुको उत्साहपुर्ण सहभागिता र सहयोगमा वडा स्तरमा समितिहरु गठनको अभियान सकिएको छ भने अव आम सन्चार माध्यम, सामाजिक सन्जाल, र विभिन्न सामाजिक गतिविधिहरु मार्फत जनचेतनाको अभियानले पनि तिव्रता पाएको छ ।

कथित तल्लो र माथिल्लो जाती मानेर हामी आफैले सिर्जना गरेको जातिय विभेद अर्थात छुवाछुत हाम्रो आफनै पहलमा अन्त्य गर्नका लागि भेरी नगरपालिकाले लिएको अग्रसरता र पहल सवैको साझा चिन्ता र जिम्मेवारी वन्नुपर्ने आवाज चुलो देखि घर अनि घरदेखि टोल हुदै पुरै नगरभरि फैलाउन सवै आवाजहरु, कलमहरु, अग्रगामी सोचहरु, सामाजिक हितका कर्महरुलाइ एकाकार गरेर सवै उठ्न पर्ने वेला आएको छ ।

कथित तल्लो र माथिल्लो जाती मानेर हामी आफैले सिर्जना गरेको जातिय विभेद अर्थात छुवाछुत हाम्रो आफनै पहलमा अन्त्य गर्नका लागि भेरी नगरपालिकाले लिएको अग्रसरता र पहल सवैको साझा चिन्ता र जिम्मेवारी वन्नुपर्ने आवाज चुलो देखि घर अनि घरदेखि टोल हुदै पुरै नगरभरि फैलाउन सवै आवाजहरु, कलमहरु, अग्रगामी सोचहरु, सामाजिक हितका कर्महरुलाइ एकाकार गरेर सवै उठ्न पर्ने वेला आएको छ ।आज यो समाजमा जति पनि सँस्कृति र विकृति, शान्ति र अशान्ति, झगडा र मेलमिलापका क्रियाकलापहरु छ्न् ती सवै कसैका उपज होइनन् । यी कुराहरु कसैले दिएका या उव्जाएका पनि होइनन् । ती सवै हामी आफैले कमाएका या चलाएका चलन र व्यवहारहरु हुन् ।यहाँ जे भइरहेको छ, हामीले जे पाइरहेका या गुमाइरहेका छौं त्यो सवै हाम्रै कारणले भइरहेको छ । हामीलाइ थाहा छ सन्सारमा सवै भन्दा श्रेष्ठ प्राणी मानिस हो किन भने उ भित्र विवेक छ । उसले हरेक जीवनको मर्म, मुल्य र भावना वुज्न सक्छ । मानिसको विवेककै कारण उसको जाती एउटै हो मानव अनि रुप दुइ वटा महिला र पुरुष तर त्यहि विवेकी मान्छे कुनै कुनै कुरामा निकै ठुलो पिडक र अन्यायकर्ता वन्छ । त्यहाँ उसले गुमाएको विवेक कसले खोजिदिने यो वहुत गम्भीर प्रश्न हो ।

हामीले मान्ने धर्म र परम्पराको कुनै पनि इतिहासमा जातीय छुवाछुत ठीक हो भनेर लेखेको छैन तै पनि हामी गर्दैछौं । हामी आफैले देखेको रातो रगत एउटाको ज्यानमा छुत अनि अर्काको ज्यानमा अछुत किन देख्छौं ? काम मेहनत, क्षमता, योग्यता भन्दा पहिले जात हेर्ने हामी मात्र होइन हामीले वनाएको कथित जातीय श्रेष्ठता हामी आफैका लागि दुर्भाग्यपुर्ण छ । हाम्रो विवेकले जातीय छुवाछुत र विभेदको अन्यायपुर्ण परिस्थिति चिन्न सक्छौं कि सक्दैनौं त्यो पनि महत्वपुर्ण कुरा हो । हामी आफै भन्छौं यो दुनिया २१ औं सताव्दीको दुनिया, विज्ञान र प्रविधिको दुनिया अनि विवेकले दुनिया कजाएको मानव ताकत तर पनि हामीले केहि परिस्थितिमा देखाउने सोच ढुंगे युगतिरको जस्तो देखिन्छ । आज युरोपेली र अमेरीकी मुलुकहरुले गरेको विकासको उचाइ देखेर थुक निल्ने वाहेक अरु हामीले केहि गर्न सकेको जस्तो पनि लाग्दैन । जुन देशहरुमा न जातिय विभेद न लिंगीय विभेद छ । त्यहाँ समृद्धि छ, सुख छ अनि विकासको तिव्र गति छ तर हामी लिंगका आधारमा , जातका आधारमा को श्रेष्ठ ? को तुच्छ छ ? भनेर सोच्ने गर्छाै तर पनि हाम्रो हालत हामी आफैलाइ चित्त वुझेको छैन । आफनै लागि घातक अनि असहयोगी जस्तै छ हाम्रो विभेदपुर्ण र छुवाछुतपुर्ण व्यवहार र सोच ।व्यक्तिको वेडरुम, घरको भान्सा, व्यक्तिगत स्वतन्त्रता, सामथ्र्य, मान प्रतिष्ठा र शरिर नितान्त निजी हो तर हामीले सामाजिक प्राणीको हैसियतले वोकेको सोच, देखाउने व्यवहार र काम कदापि व्यक्तिगत हुन सक्दैन । हाम्रो घर हाम्रो वेड, हाम्रो भान्सा व्यक्तिगत हो तर हामी हिड्ने वाटो व्यक्तिगत हुदैन हामी घुल्ने समाज व्यक्तिगत हुदैन तर पनि त्यहाँ हामी निजि हैकम र स्वामित्व खोज्छौं अनि विभेदकारी आँखाले विवेक छोपेर दुनिया हेर्छाैं मान्छेलाइ वुज्छौं अनि दुनियासंग दगुर्ने कुचेष्टा गर्छाै त्यसैले सधैं पछि छौं अघि जाने हाम्रो सपना दुनियाका अघि कम्जोर छ । लोकतन्त्रका लागि हामीले लड्न थालेको नै ७० वर्ष भन्दा वढी भयो । हामीले पाएको अधिकारको चाङ पनि ठुलै छ । हामीले हासिल गरेको स्वतन्त्रता र सार्वभौमसत्ताको पहाड पनि कसैले ढाल्न नसक्ने छ तर जातिय सदभाव, एकता र समानताका लागि सकरात्मक सोच, गतिशील र शसक्त वनाउन सकेका छैनौं अथवा विभेद विरुद्ध हामीले झोस्न खोजेको आगो दनदनी वाल्न सकेका पनि छैनौं ।

जातीय सदभाव, एकता र मेलमिलापलाइ पहिलो सर्त मानेर हामीले एक अर्कालाइ दिनु पर्ने सम्मान र मानवीय व्यवहार पुर्ण रुपमा लागु गर्न सके हाम्रै सँस्कार र व्यवहारले जन्माएको विभेदकारी चलन अन्त्य गर्न कुनै समस्या पनि देखिदैन ।

नेपालको संविधानले परिभाषित गरेको हाम्रो देश जस्तै हामी वस्ने समाज किन वनाउन सक्दैनौं । सामाजिक, जातिय, साँस्कृतिक तथा भाषिक एकताको वलियो र सदभावपुर्ण सुत्रमा सवै समान हैसियतमा वस्न वसाउन किन सक्दैनौं ? हाम्रो आफनै रगत र वलिदानले लेखिएको संविधानका धाराहरु र अनि मौलिक हकले दिएको अधिकार, स्वतन्त्रता, सम्मान र सार्वभौमिकता किन हामी आफै लुछेर्दैछौं ? नगरपालिकाको निर्णय वोल्ड छ, प्रशंसनीय छ , जरुरी छ तर त्यो हामी जान्ने सुन्नेहरुको सहयोग विना, आम जनताको साथ विना र हाम्रो आफनै सहभागिता विना सम्भव पनि छैन । समाजमा भएका हरेक कुरा वदल्न सजिलो छ तर हामीले वर्षाैंदेखि जोगाएर राखेको सोच र सँस्कार वदल्न गाह्रो छ । नगरपालिकाका तेह्रवटै वडाहरुमा आफनो अभियानलाइ तिव्र वनाउदै आम जनताको साथ र समर्थनको अपेक्षा नगरपालिकाले राखेको छ । हाम्रो समाज टोल गाउँ या नगर कानुनको प्रयोग या दन्डले पनि जातिय छुवाछुत मुक्त हुन सक्दैन । दलितले गैरदलितलाइ गाली गरेर या दलितलाइ गैरदलितले अलि पर राखेर पनि हाम्रो समाज विभेदमुक्त हुन सक्दैन । देशको संविधान र कानुनमा लेखिएका कुराले मात्र पनि सवै कुरा प्राप्त हुने पनि होइन । यसका लागि एक जातले अर्काे जातलाइ हेर्ने दृष्टिकोण र सोचाइ वदलिन जरुरी छ । दलितहरुले गैरदलितहरुलाइ दुस्मन देखेर, आफुलाइ हेपाहा ठानेर, आफुलाइ तल्लो वर्ग या निम्न स्तरको सम्झेर,अन्य जातिका मानिस र समुदायलाइ गाली गरेर,हाम्रो समाज जातिय छुवाछुत र विभेद मुक्त हुन सक्दैन । हामीले हाम्रो समाज जातीय समानता भएको र विभेदहरु पुर्ण रुपमा अन्त्य भएको घोषणा गर्नका लागि दलित गैरदलित सवैले आफनो सोच व्यवहार र शैलीमा आमुल परिवर्तन गर्न जरुरी छ ।

हामीले देखाउने सभ्य, सुसँस्कृत तथा मर्यादित व्यवहारले हामी भित्रको सोच वदल्न मात्र होइन हामीले कल्पना गरेको समाज निर्माणका लागि समेत ठुलो भुमिका खेल्न सक्छ । जातीय सदभाव, एकता र मेलमिलापलाइ पहिलो सर्त मानेर हामीले एक अर्कालाइ दिनु पर्ने सम्मान र मानवीय व्यवहार पुर्ण रुपमा लागु गर्न सके हाम्रै सँस्कार र व्यवहारले जन्माएको विभेदकारी चलन अन्त्य गर्न कुनै समस्या पनि देखिदैन । यसका लागि अग्रगामी पहल कदमी लिने भेरी नगरपालिकालाइ सवैले मौखिक धन्यवाद मात्रै होइन नैतिक, भौतिक तथा ऐतिहासिक रुपमा साथ र समर्थन दिन र नगरपालिकाको अभियानसंगै हिड्न विलम्व गर्नु हुदैन । अव हामी सवै संगै खाने वस्ने मात्र होइन दलित गैरदलित संगै मन्दिरमा पस्दा,एउटै सीटमा वस्दा, समान हैसियतमा दाजुभाइ दिदीवहिनी वनेर सौहार्दपुर्ण व्यवहार देखाउदा हाम्रा देउता रिसाउने पनि छैनन्, हाम्रो कुलको इज्ज्त जाने पनि छैन अनि हाम्रो धर्म पनि कुचिल हुने छैन भन्ने प्रण सवैले गरौं ।जुनसुकै जातिको भएपनि उमेरले अग्रज, अनुभवले अग्रज, क्षमताले अग्रज, नाताले अग्रजलाइ सम्मान गर्ने र कनिष्ठहरुलाइ सम्मानजनक माया व्यवहार देखाउने काममा हामी कोहि पनि चुक्नु हुदैन ।दलित र गैरदलित दुवै समुदायका व्यक्तिहरुले यो कुरालाइ हुदयंगम गरेर अघि वढेमा हाम्रा विचमा कुनै प्रकारको विभेदकारी या छुवाछुतपुर्ण अवस्था रहने छैन । गैरदलित समुदायका अग्रज पुस्ताका व्यक्तिहरुले यसलाइ सकरात्मक रुपमा लिने र वुज्ने गर्ने र यसका लागि नयाँ पुस्ताले सहजीकरण गर्न जरुरी छ । अनि हामी सवैका सयौं हातहरुले एकैसाथ समानताको सगरमाथामा गाड्ने एकता र सदभावको भन्डा कहिले नझुक्ने गरेर फहराउने छ अनि हामी एकैसाथ गुन्जिने छौं जातिय एकता जिन्दावाद, जातीय समानता जिन्दावाद ।

लेखक नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष हुनुहुन्छ ।


ताजा समाचार