Loading... आजः बिहिबार, अशोज १५, २०७७

सक्रिय बन्दै भेरी नगरपालिकाका टोलविकास संस्थाहरु

रामचन्द्र घर्ती
जाजरकोट । सामुहिक प्रयासमा आफ्नो टोलको विकास गर्न टोलविकास संस्थाहरु सक्रिय बन्दै गएका छन् । भेरी नगरपालिका भित्र गठित टोलविकास संस्थाहरु पछिल्लो समय सक्रिय बन्दै गएका हुन् । भेरी नगरपालिकाको आर्थिक सहयोगमा सहकर्मी समाजद्धारा संचालित सामुदायिक सुशासन सवलिकरणका लागि टोलविकास संस्था परिचालन कार्यक्रमले सहजीकरण गरेपछि संस्थाहरु सक्रिय बन्दै गएका छन् ।

स्थानिय स्तरमा सुशासन प्रवद्धन गर्दै सामुहिक प्रयासमा आफ्नो टोलको संस्थागत, समाजिक तथा आर्थिक विकासमा टोलविकास संस्थाहरुले काम गर्न थालेका छन् । आफ्टो टोलमा संचालन गरिने बिभिन्न गतिविधिहरुको समुहीक छलफल गरी एकतावद्ध भएर काम सम्पन्न गर्ने गरेका छन् ।

सकारात्मक सोचको विकास गरि सुशासनयुक्त समाज निर्माणमा टोल विकास संस्थाहरुको महत्वपुर्ण योगदान हुने भएकोले नगरपालिकाले आर्थिक सहयोग गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीको भनाई छ । सामुहिक भावनाबाट अभिप्रेरित टोलविकास संस्थाहरुलाई आफ्नो संधै सहयोग रहने नगरप्रमुख घर्तीको भनाई छ । टोलविकास संस्थाहरु यस नगरपालिकाका १३ वटै वडामा गठिन भाई संचालनमा रहेका छन् ।

भेरी नगरपालिकाको ४ नम्बर वडामा गठित ८ वटा टोलविकास संस्थाहरुले आफ्नो टोलको सरसफाई देखि लिएर मदिरा नियान्त्रणमा समेत काम गर्न थालेका छन् । सिर्जना टोलविकास संस्थाले आफ्नो टोलको सरसफाई गर्दै मदिरा मुक्त टोल निर्माण गर्ने अभियानमा लागेको छ । विकास र सुशासनको बाधक मदिरा पनि भएको समुहिक निस्कर्ष निकाल्दै उनिहरुले मदिरा नियान्त्रण गर्न मदिरा बनाउने र प्रयोग गर्नेलाई ५ सय जरिवाना गर्ने निर्णय गरेको सामुदायिक प्रशिक्षक लक्ष्मि गिरिले जानकारी दिइन । त्यस्तै फोहोर व्यवस्थापनको लागि खाडल निर्माण समेत गर्न थालेका छन् ।

वडा नम्बर ४ कै राधाकृष्ण टोलविकास संस्थाले आफ्नो टोललाई उज्यालो र सफा बनाउन पोलहरुमा बत्ति जडान गर्न थालेका छन् । संस्थाका अध्यक्ष उमेश कार्कीले बत्ति जडान गर्न प्रति सदस्य ६ सयका दरले रकम संकल गरेको बताए ।

त्यस्तै मालिका टोलविकास संस्थाले विद्यालय क्षेत्र देखि बसपर्क क्षेत्रमा समेत सरसफाई गर्ने गरेको छ । त्यस्तै आर्गनीक टोलविकास संस्था मुलपानिले खानेपानिको मुहान ससरसफाई गरेको अध्यक्ष भगवति शाहीले बताएकी छन् । उनिहरुले आफ्नो टोलको लागि प्रतिक्षालय निर्माण गर्न लागेको सामुदायिक प्रशिक्षक लक्ष्मि गिरिले बताइन् ।

भगवती, माथिबोहोरा, ठुटेपिपल, रामजानकी र भगवति शान्ति टोलविकास संस्थाहरुले पनि सरसफाई देखी बिभिन्न सामाजिक गतिविधिहरु गर्दै आइरहेका छन् ।

नगरपालिका भित्र गठित सवै टोल विकास संस्थाहरुले आफ्नो टोल क्षेत्रको समग्र र सदस्यको हितका लागि बिभिन्न कार्य गर्दै आएका छन् ।

यी संस्थाले टोलमा धनि, गरिबको भावना हटाई सबै सदस्यहलाई निर्णय प्रक्रिया र स्रोतमा समान अधिकार प्रदान गर्ने, टोलको विकासकोलागि सहजीकरण गर्ने, टोलको सामुहिक समस्या पहिचान गरी प्राथमिकताको आधारमा टोल विकास योजना बनाउने कार्य समेत गर्ने गरेका छन् ।

त्यस्तै अन्धविश्वास, प्रथा, बाल विवाह, बह’ विवाह जस्ता सामाजिक समस्याको पहिचान गरि सुधारका कार्यक्रमह बनाउन समेत संस्थाहरु सक्रिय हुन थालेको प्रशिक्षक लक्ष्मि गिरिको अनुभव छ ।


ताजा समाचार