Loading... आजः बुधबार, असार ९, २०७८

छाउगोठ भत्काउदै प्रहरी, खुसीहुँदै महीलाहरु


कालिकोट । छाउपडी प्रथा अन्त्य जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउन थालेको छ । बिभिन्न संघसंस्थाले छाउपडी प्रथा अन्त्य गर्न अभियान चलाएपनि सफल नभएपछि प्रहरीको टोलीले छाउगोठ भत्काउन थालेको हो ।

बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार महिला रजस्वला हुँदा बेला–बेला प्रयोगमा आउने गोठ स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति र सक्रियतामा भत्काइएको जनाउँदै महिलामाथि हुने विभिन्न किसिमका दुव्र्यवहार र हिंसाजन्य घटनाबाट बचाउन र महिलाको स्वास्थ्य तथा शारिरीक अवस्थालाई मध्यनजर गर्दै छाउगोठ भत्काएको बताए ।

बिहीबारदेखि शुरु गरिएको अभियानमा १५ छाउगोठ भत्काइएको छ । छाउगोठ भत्काउँदा छाउगोठमा बस्दै आएका महिला धेरै हर्षित भएका छन् । नरहरिनाथ गाउँपालिका–३ का चन्द्रा सुनारले भनिन् “पहिला छाउगोठमा बस्दा धेरै रोगहरुले सङ्क्रमण गरे, आफ्नो स्वास्थ्य कमजोर हुँदै गयो । तर अहिले छाउगोठ नै भत्काएपछि हामीलाई छाउगोठ प्यारो लाग्न छाडेको छ । छाउगोड भत्किनु भनेको हामीले नयाँ जिन्दगी पाउनु हो ।”


ताजा समाचार