Loading... आजः बुधबार, साउन २१, २०७७

पिपिएल फाइनल : बिराटनगरलाई चितवनको विशाल लक्ष्य

पोखरा प्रिमियर लिग क्रीकेट प्रतियोगिता (पिपिएल) टि–२० अन्तर्गत फाइनल खेलमा चितवन राइनोजले २०३ रनको विशाल लक्ष्य दिएको छ । र बिराटनगर टाईटन्स प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाउदै बिराटनगरलाई २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।

चितवनको लागि अनिल साह र रोहन मुस्तफाले अर्धशतक बनाए । दुवैजनाले समान ५० रनको योगदान दिए । रोहनले ४३ बलमा ३ चौका र १ छक्का तथा साहले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

पारस खड्का २५ तथा बाबर हायात ५ रन बनाएर आउट भएपछि रोहन र अनिलले तेश्रो विकेटको लागि ९५ रनको साझेदारी गरेका थिए ।

रोहन र अनिल १६ औं ओभरमा आउट भएपछि इनिंगको अन्तिममा आरिफ शेख, सन्नी पटेल र करन केसीले आक्रामक सटहरु खेल्दै टिमको योगफल २०० पार गराए । अहिले बिराटनगरले लक्ष्य पछ्याइरहेको छ । अहिले १० औ ओभर चलिरहेको भने ६९ रन बनाएर ३ वीकेट गुमाएको छ ।


ताजा समाचार