Loading... आजः बुधबार, साउन २१, २०७७

दुर्गममा सुत्केरी महिलाका लगि निशुल्क एम्बुलेन्स सेवा

 

जाजरकोटको – शिबालय गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा सचालन गरेको छ । गाउँपालिका भित्रका गर्भवति महिलाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गरेको हो ।
गाउँका गर्भवति महिलाई सुरक्षित सुत्केरी गराउन निशुल्क एम्बुलेन्स सुबिधाको ब्यबस्था गाउँपालिकाले गरेको छ । दुर्गम गाउँमा सुरक्षित सुत्केरी सुबिधा नभएकोले सुरक्षित सुत्केरीका लागि एम्बुलेन्स सेवा संचालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाही बताउछन । गाउँमा सुत्केरी ब्यथा लागेका महिलाई सुबिधा सम्पन्न ठाउँमा पुर्याउन एम्बुलेन्स प्रयोग गर्ने गरिएको अध्यक्ष शाहीको भनाई छ ।
गाउँपालिकाले एम्बुलेन्स संचालन कार्यबिधि बनाए एम्बुलेन्स चलाउने गरेको छ । अहिलेसम्म ३ दर्जन बढि सुत्केरी महिलाको उद्धार गरिएको छ । एम्बुलेन्स संचालन पछि गाउँका दुखि बिरामीले राहत पाएको स्थानीय शेरबहादुर शाहीले बताए । गाउँमा सुत्केरी र गंभिर खालका बिरामीले समयमा उपचार नपाउने बाध्यताको अन्त्य गाउँपालिकाले गरेको छ । यो राम्रो काम हो सबै स्थानीय तहले गरेको भए हुने हो शाहीले भने ।
एम्बुलेन्स प्रयोग गर्दा बृद्ध बृद्धालाई अबस्था हरी ५० देखि ७५ प्रतिशत भाडा छुट गर्ने गरिएको छ । त्यस्तै अपाङ्ग असक्तका लागि पनि छुट गर्ने कार्यबिधिमा उल्लेख गरिएको छ । अति बिपन्नलाई समेत निशुल्क एम्बुलेन्स गरिएका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले बताए । गाउँपालिकाले कार्यबिधि बनाएको छ त्यही अनुसार एम्बुलेन्स संचालनमा छ प्रमुख प्रशासकीय अधिकृत शर्माले भने ।
आफ्नो गाउँपालिकामा सामाजिक कल्यानका लागि एम्बुलेन्स संचालन गर्ने जाजरकोटमा शिबालय पहिलो हो । अन्य स्थानीयतहले पनि यस्तो असल कामको शिको गर्नु पर्ने समाजसेबीहरु बताउछन । भौगोलिक रुपमा बिकट ठाउँमा एम्बुलेन्स संचालनले स्थानीयले ठुलो राहत पाएका छन । गाउँ सरकारले गरेको यो कामबाट शिबालयबासी दाभान्बित भएको सामाजिक अगुवा टेकबहादुर शाही बताउछन ।


ताजा समाचार