Loading... आजः बुधबार, असार ९, २०७८

नेकपा जाजरकाेट सदस्य परियारको मोटरसाइकल दुर्घटनामा मृत्यु

जाजरकोट । मोटरसाइकल दुर्घटनामा परि जाजरकोटमा एक जनाको मृत्यु भएको छ । आइतवार जिल्लाको भेरी नगरपालिका वडा नम्वर ११ मटेला नजिक सडकमा भएको मोटर साइकल दुर्घटनामा परि भेरी नगरपािलका १ कालेगाउँका जितसिंह परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्तारुढ नेकपा जाजरकोटका जिल्ला समिति सदस्य समेत रहेका परियारको उपचारको क्रममा रुकुम पस्चिमको चौरजहारी मिसन अस्पतालमा निधन भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी स्यामवहादुर खत्रीले वताए । रुकुम पस्चिमको चौरजहारीबाट जाजरकोट सदरमुकाम खलंगातर्फ आउदै गरेको परियार सवार मोटरसाइकल आफै दुर्घटनामा परेको हो वा अन्य सवारी साधनसंग ठोकिएको हो भन्नेवारेमा एकिन भइनसकेको प्रहरीले बताएको छ।

घटनापछि खलंगावाट मटेला तर्फ गइरहेको रा १ च १४ नम्वरको टयाक्टर नियन्त्रणमा लिइएको प्रहरी प्रमुख खत्रीले जानकारी दिए । उनले घटना संकास्पद भएकोले आफुहरुले अनुसन्धानका लागि चालक सहित टयाक्टरलाइ नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख खत्रीले वताए । मृतक परियारका आफन्तले भने उनी सवार मोटरसाइकल टयाक्टरसंग ठोकिएपछि दुर्घटना भएको दावी गरेका छन् ।

राजनिती संगसंगै निर्माण व्यावसायमा समेत सक्रिय रहेका मृतक परियार चौरजहारी नगरपालिका कार्यालय नजिक होटल व्यवसाय गर्दै आएका थिए ।


ताजा समाचार