Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

आज वर्षकै छोटो दिन

जाजारकाेट । आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ । आज विहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउनेछ ।

पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो । दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुनेछ । हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३ दशमलव ५ डिग्रीले टाढा हुन्छ ।

जस कारण सूर्यको किरण अन्य समय भन्दा थोरै आउँछ र रात धेरै हुनेगरेको छ । रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ । प्राचिन समयमा यसै दिनलाई मकर संक्रान्ति भनेर मनाउने गरिएको ज्योतिषी डाक्टर सुनिल सिटौलाले जानकारी दिनुभयो । भोलीबाट क्रमश दिन बढ्दै र रात घट्दै जानेछ ।


ताजा समाचार