Loading... आजः बुधबार, असार ९, २०७८

दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्ष र उनकी श्रीमतीको अपहरण

दैलेख— दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको अध्यक्ष शाहीको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ ।

उनीहरु आइतबार बिहानपख १ बजेतिर अपहरणमा परेको जानकारी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले दिएका छन । अपहरणमा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ, यद्यपि खुलेको छैन । सहायक प्रजिअ क्षेत्रीले ‘कसले अपहरण र्गयो, कता लग्यो भन्ने खुलेको छैन, अपहरणको सूचना पाएपछि अनसन्धान भइरहेको बताए ।

यसअघि गाउँपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले अपहरण गरेर केही दिनपछि छाडेका थिए । गाउँपालिका अध्यक्ष धीरबहादुरकी श्रीमती इला शिक्षण पेशामा संलग्न छिन् । शाही दम्पतिलाई विप्लव’ समूहका कार्यकर्ताहरुले अपहरण गरेको पारिबारिक श्रोतले जनाएको छ ।


ताजा समाचार