Loading... आजः बुधबार, साउन २१, २०७७

जाजरकोटमा पहिलो पल्ट स्नाकोत्तर तहको पढाई शुरु

जाजरकोटमा पहिलो पल्ट स्नाकोत्तर तहको पढाई शुरु भएको छ । जिल्लाको भेरी ज्ञानोदय क्याम्पसले स्नाकोत्तर तहमा पढाई शुरु गरेको हो ।
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको आंगिक क्याम्पस रुपान्तरण भएसंगै सोही विश्वविद्यालयको अनुमतिमा भेरी ज्ञानोदयले स्नाकोत्तर तहमा यसै शैक्षिक सत्रदेखि भर्ना शुरु गरेको हो । यो बर्ष शैक्षिक योजना तथा ब्यबस्थापनमा एम.एड भर्ना शुरु गरेको क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाले बताए ।
५ बर्षदेखि जिल्लामा स्नाकोत्तर तहमा पठपाठन संचालन गर्न खोजे पनि सफल हुन सकेको थिएन । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त भेरी ज्ञानोदय क्याम्पस मध्पश्चिमको आंगिक भएसंगै स्नाकोत्तर तह पढाइ शुरु भएको हो । जिल्लामा स्नाकोत्तर तहको पठनपाठन नहुदा उच्च तह अध्यनका लागि बाहिर जानु पर्ने बाध्यता थियो । जिल्लामै उच्च तहको अध्ययन गर्न पाउने भएपछि जिल्लाबासी खुशि भएका छन । शिक्षा शास्त्र , मानबिकी र ब्यबस्थापनको पठनपाठन हुने भेरी ज्ञानोदय क्याम्पसका अन्य संकायमा पनि स्नाकोत्तर तहको कक्षा संचालन हुुनु पर्ने बिद्यार्थीहरुको माग छ ।


ताजा समाचार