Loading... आजः बुधबार, असार ९, २०७८

हराएर नयाँ दिल्ली पुगेकी कल्पनाले सात बर्षपछी आफन्त भेटिन

जाजरकोट । आफ्नै घरबाट हराएकी बारेकोटकी एक महिलालाई सात बर्षपछि आफन्तको जिम्मा लगाइएको छ । बारेकोट गाउँपालिका–५ करुकाकी कल्पना थापालाई मंगलबार उनका दाई मेहेन्द्र थापाको जिम्मा लगाइएको हो ।

बारेकोट स्थित आफ्नै घरबाट हराएर भारतको नयाँ दिल्ली पुगेकी थापालाई मानव सेवाका क्षेत्रमा काम गर्दै आएको भारतको तमाना शिष्टर अफ च्यारेटीले (हराएका महिलाहरुको संरक्षण घर) भारतको नयाँ दिल्लीबाट उद्धार गरेर जाजरकोट पुर्याएको हो ।

तीन बर्ष अघि नयाँ दिल्लीको गरागाउँ स्थित एक अस्पतालमा भारतीय प्रहरीले कल्पनालाई फेला पारेको तमाना शिष्टर अफ च्यारेटीकी मन्जुसाले जानकारी दिइन ।

अस्पतालमा फेलापारेपछि प्रहरीले उनलाई एक बृद्धाश्रमलाई बुझाएको र त्यसको एक बर्षपछि उनलाई आफु कार्यरत तमाना शिष्टर अफ च्यारेटी कानुनी रुपमा ल्याइएको जानकारी दिइन् । कम स्मरण शक्ति भएकी कल्पनालाई आफुहरुले एक बर्ष भन्दा बढि समयसम्म उपचार गरेपछि निको भएकोे मन्जुसाको भनाई रहेको थियो ।

कल्पनाले घरमा रहेकी आमालाई स्मरण गरेर नेपाल फर्किने ईच्छा व्यक्त गरेपछि उनलाई नेपाल फर्काउन कारितास नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्मासंग सम्पर्क गरेका गरेको उनले जानकारी दिइन । युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) का कार्यक्रम संयोजक सहदेव वस्नेतको सहयोगमा कल्पानालाई आफन्तको जिम्मा लागाइएको हो । उनको घर र आफन्तसंग सम्पर्क गरि जिम्मा लगाउन सफल भएको यार्सनका कार्यक्रम संयोजक बस्नेतले जानकारी दिए ।

जाजरकोटको रिम्ना र कार्कीज्युलाको नाम मात्र बताउने गरेकोले कल्पनाको घर कहाँ हो भनेर पत्ता लगाउन (यार्सन) का कार्यक्रम संयोजक बस्नेतसंग कारितास नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्माले सम्पर्क गरेका थिए । बस्नेतको सहयोगमा कल्पनालाई अभिवाबकसम्म पुर्याउन सफल भएको व्यवस्थापक शर्माको भनाई रहेको छ ।

कल्पनाको बास्तबिक नाम देवी थापा भएको बताउदै बारेकोट–५ का वडा सदस्य भक्तबहादुर बस्नेतले कल्पना घरबाट हराएको सात बर्ष भईसकेको जानकारी दिए । पहिला पनि घर छोडेर एक पटक जुम्ला र अर्कोपटक बर्दियाबाट कल्पनालाई अभिबाबकले घर फर्काएर ल्याएका थिए । अहिले घरमा कल्पनाको आमा र दाई महेन्द्र मात्र भएको उनको बुवाको भने मृत्यु भइसकेको छ ।

कल्पनाका दाई महेन्द्र थापा, गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंह, वडासदस्य भक्तबहादुर बस्नेत, बारएशोसेसन जाजरकोट अध्यक्ष भीमबहादुर सिंह, ईन्सेक प्रतिनीधि दिनेशकुमार श्रेष्ठ, रेडक्रस शोसाईटीका प्रतिनीधि खम्बजंग शाह, नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, युवा जागरण बिकास केन्द्र नेपाल (यार्सन) का कार्यक्रम संयोजक सहदेव बस्नेत लगाएतका व्यक्तिहरुलाई कागज गराएर तमाना शिष्टर अफ च्यारेटी (हराएका महिलाहरुको संरक्षण घर) को टोलीले कल्पनालाई अभिबाबकसंग बुझाएको छ ।

गाउँपालिकाकाी उपाध्यक्ष ओमकुमारी शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट अध्यक्ष ढकवीर राना, भेरी नगरपालिका–४ नम्बर वडाअध्यक्ष खम्बजंग शाह, बारेकोट–६ का वडाअध्यक्ष तिलबहादुर महतरा, यार्सनका सहदेव बस्नेतले कल्पनाको उद्धार तथा पुर्नस्थापना कार्यमा संलग्न सबै जनालाई धन्यवाद दिएका थिए ।

भिडियो हेर्नुहोस : 


ताजा समाचार