Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

प्रेमीसँग झगडा पर्दा जब महिला प्रहरीको पेस्तोल हरायो…

जनकपुरधाम । प्रेमीसँग झगडाका क्रममा पेस्तोल हराएपछि एक महिला प्रहरीलाई आपत आइलागेको छ । पेस्तोल हराएपछि प्रहरी जवान रनिता कुमारी केवटलाई लाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो । प्रेमीसँग झगडाका क्रममा सो पेस्तोल हराएपछि उनलाई नियान्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत जनकपुरधामका न्यायाधीश सकुन्तला घिमिरेकी पीएसओ रहेकी प्रहरी जवान केवट प्रहरीकै फन्दामा परेकी हुन् ।

सोमबार राति प्रेमी शिवेन्द्र यादवसँग उनको झगडा परेको र सो क्रममा पेस्तोल हराएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।

प्रहरी जवान केवटसँग रहेको ७ राउण्ड गोली लोड गरिएको पेस्तोल हराएको प्रहरीले जनाएको छ । केवटको पेस्तोल लिएर प्रेमी यादव भागेको प्रहरीले आशंका गरेको छ भने उनको खोजीकार्य भइरहेको छ ।

नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर १० घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा डेरा लिइ बस्दै आएकी प्रहरी जवान केवट न्यायाधीश घिमिरेको सुरक्षा गार्डमा जिल्ला प्रहरी कार्यालय धनुषामा दरबन्दीमा खट्दै आएकी थिइन् ।

उनका प्रेमी यादव नवलपुरासी रामग्राम नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् । पेस्तोल गायब भएको घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

भिडियो हेर्नुहोस :


ताजा समाचार