Loading... आजः बुधबार, असार ९, २०७८

दैलेख जाँदैगरेको गाडि दुर्घटना, तिन जनाको मृत्यु

फाइल तस्बिर

सुर्खेत । सुर्खेतबाट दैलेख जाँदै गरेको माइक्रो बस दुर्घटना भएको छ । सुर्खेत–दैलेख सडक खण्डको घोडाबासमा दुर्घटनाहुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रोबस दुर्घटना भएको हो । दुर्घटनामा परि ७ जना घाइते भएको प्रहरी जनाएको छ । घाइतेको उद्वार भइरहेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

प्रहरी चौकी रानिमत्तका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ गइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी ओलीले बताए ।

भिडियो हेर्नुहोस 

https://www.youtube.com/watch?v=LMhBdmvWDRM&t=71s


ताजा समाचार