Loading... आजः बुधबार, असार ९, २०७८

महिला हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

जाजरकाेट । ‘समानताको पुस्ता: वलात्कार विरुद्धको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय मुल नारा सहित महिला हिंसा बिरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । अभियानको पहिलो दिन आज जाजरकोटको सदरमुकाम खलंगामा र्याली प्रदर्शन गर्नुको साथै कोण सभा सम्पन्न भएको छ ।

भेरी नगरकार्यपालिकाको कार्यालय तल्लो थाप्लेबाट निकालिएको र्याली ठाँटीबजार राममन्दिर हुदै गैरीखालीमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले महिला विरुद्ध हुने घरेलु हिंसा र दुव्र्यवहारका बिषयमा चर्चा गरेका थिए ।

भेरी नगरपालिकाका कावा प्रमुख भावना भण्डारीको अध्यक्षतामा भएको कोण सभालाई सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनी, निमित्त जिल्ला न्यायाधिवक्ता रुकमेडा पोखरेल, नेपाल पत्रकार महासंघ, जाजरकोट अध्यक्ष भीमबहादुर सिंह, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नागरिक समाज,जाजरकोटका अगुवा राजेन्द्रविक्रम शाहले सम्बोधन गरेका थिए ।

महिला हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन निरन्तर रुपमा १६ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईने भेरी नगरपालिकाले जनाएको छ । भेरी नगपालिकाले हाजिरजवाफ, वक्तित्वकला, लगाएतका विभिन्न प्रतियोगिताको आयोजना गर्ने भएको छ ।


ताजा समाचार