Loading... आजः बुधबार, असार ९, २०७८

साग : पुरुष फुटबलकाे खेलतालिका सार्बजनिक

काठमाडौं । नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल र भारत अलग अलग समूमा परेका छन् ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सार्वजनिक गरिएको खेलतालिका अनुसार समूह ए मा नेपालसँगै बंगलादेश र भुटान रहेका छन् ।

समूह बी मा भारतसँगै माल्दिभ्स र श्रीलंका रहेका छन् ।

पुरुष फुटबलमा नेपाल अघिल्लो संस्करणको विजेता हो । नेपालले १२ औं सागको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो । पुरुष फुटबलमा सार्क सदस्य राष्ट्रमध्ये पाकिस्तान सहभागी छैन ।

पुरुष फुटबलका खेलहरु दशरथ रंगशालामा हुनेछ । लिग कम नकआउटका आधारमा खेल हुने र समूहको शीर्ष दुईमा रहने टिम सेमिफाइनल पुग्नेछ ।

पहिलो खेल नेपाल र बंगलादेशबीच हुनेछ।


ताजा समाचार